Monday, February 2

पहिरामा फसेकी महिलाको उद्धार

नेपाल अखबार, गुल्मी । गुल्मीको इस्मा गाउँपालिका वडा नम्बर १ हस्तिचौरमा पहिरामा फसेकी महिलाको १८ घण्टापछि आज जीवितै उद्धार गरिएको छ । मुसिकोट नगरपालिका २ की तारा कुमालको पहिराबाट उद्धार गरिएको हो ।
उनलाई आज  हस्तिचौरको मल्दी च्युटारीबाट उद्धार गरिएको स्थानीयवासी श्रीराम महतले बताए ।  खेतबारीको मकै लिन जानुभएका उनी फर्कने बेला  रातिदेखि ठूलो पानी परी बगेको लेदोले च्यापेको थियो ।
दर्लामचौरबाट पहिरो हेर्न आएका व्यक्तिले फसेको देखेपछि मिलेर कुमालको उद्धार गरेका हुन् । अहिले हस्तिचौर र मुसिकोटका अधिकांश सडक अवरुद्ध छन् । एम्बुलेन्सको व्यवस्था गरेर जान सक्ने स्थानसम्म गएर बिरामी ल्याउन प्रहरीलाई निर्देशन दिइएको प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले बताए । रासस

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *