Thursday, June 4

पुलमा प्वाल परेपछि पृथ्वी राजमार्ग एकतर्फी

नेपालअखबार,काठमाडौँ ।  धादिङमा हुग्दीखोला पुलमा प्वाल परेको छ।

पृथ्वी राजमार्ग अन्तर्गत बेनिघाट रोराङ गाउँपालिका-१० रहेको हुग्दीखोलाको पुलमा प्वाल परेको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगरका एसपी नरेशराज सुवेदीले जानकारी दिए।

Advertisement

उनका अनुसार पुलमा प्वाल परेपछि राजमार्ग एकतर्फी मात्रै सञ्चालनमा छ।

प्राविधिकहरूले सडक मर्मतको काम सुरू गरिसकेका छन्।