Friday, July 17

भरतपुर अस्पतालको सेप्टिक ट्यांकीमा खसेकी बालिकाको मृत्यु

नेपालअखबार, भरतपुर। भरतपुर अस्पतालको सेप्टिक ट्याङकीमा खसेकी बालिकाको मृत्यु भएको छ।

Advertisement

सोमबार अस्पताल परिसरमा रहेको बाल उद्यान नजिकै खेलिरहेकी बालिका नजिकै रहेको सेफ्टी ट्यांकीमा खसेकी थिइन्।

Advertisement
Advertisement

उनको मंगलबार राति उपचारकाक्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी रवीन्द्र खनालले जानकारी दिए।

Advertisement

बालिका भरतपुर महानगरपालिका–१० घर भइ भरतपुर अस्पतालमा कार्यरत विकास मगरकी ५ वर्षीया छोरी अन्जना मगर रहेको खनालले बताए।

खेल्ने क्रममा अचानक सेफ्टी ट्याङकीमा खसेपछि उनलाई उद्धार गरी भरतपुर अस्पतालको आइसियुमा राखेर उपचार गरिएको थियो।