Saturday, April 18

काठमाडौंबाट ४८३ किलो काजु बरामद

नेपालअखबार,काठमाडौँ । काठमाडौंबाट भन्सार छलीका ४८३ किलो काजु बरामद भएको छ।

काठमाडौं महानगरपालिका-१३ चक्कु मार्गबाट बा ८ च ६६ नम्बरको गाडीबाट उक्त काजु बरामद भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी कुलदिप चन्दले जानकारी दिए।

Advertisement

प्रहरी वृत्त कालिमाटीले दुई जना व्यक्तिलाई नियन्त्रणमा समेत लिएको छ।

धादिङका २४ वर्षीय रामबहादुर बिसुन्के र धनुषाका २४ वर्षीय आर्यन साह नियन्त्रणमा छन्।

काजु प्रतिकिलो एक हजार ३ सय रुपैयाँले बिक्री हुने प्रहरीले बताएको छ।