इरफान अलि, वीरगन्ज। हस्पिटलकाे आईसियु कक्षमा एक महिलासंग याैनदुर्व्यवहार गरेकाे आराेपमा पर्सा प्रहरीले ३ जना स्वास्थ्यकर्मीलाई पक्राउ गरेकाे छ । वीरगन्जको अली अर्थो एण्ड ट्रमा हस्पिटलका ३ जना स्वास्थ्यकर्मीलाई यौन दुव्र्यवहारको आरोपमा प्रहरीद्वारा पक्राउ परेका छन।
अस्पतालको आइसियु कक्षमा भर्ना भएकी वीरगन्जकी २१ वर्षीया महिलासँग उपचारका क्रममा हुसेन मिया सहित चार जना स्वास्थ्यकर्मीले यौन दुर्व्यवहार गरेको महिलाले परिवारजनलाई बताए पछि घटना सार्वजनिक भएपिछ हुसैन सहित ३ जनालाई प्रहरीले पक्राउ गरेकाे हाे ।
हस्पिटलको आइसियु कक्षमा उपचारका क्रममा मङगलबार राति पुरुष स्वास्थ्यकर्मीले बिरामी महिलासँग दुर्व्यवहार गरेको घटना बुधुबार बिहान मात्रै सार्वजनिक भएको हो।
अस्पतालका संचालक हार्डजोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर रोशन अलीले स्वास्थ्यकर्मीहरु दोषी देखिए कारवाही गराउन अस्पताल प्रशासनले प्रहरीलाई सहयोग गर्ने बताउनु भयो । प्रहरीले महिलासँगको सोधपुछको अधारमा अपस्तालमा कार्यरत कर्मचारीहरुलाई नियन्त्रणमा लिएको छ ।
१० दिन पहिले वीरगन्जकै एक निजी अस्पतालमा जुम्लयाहा बच्चालाई जन्म दिएकी ती महिलाको स्वस्थ्यमा समस्या आएपछि चिकित्सककै सल्लाहमा उनलाई मङगलबार बेलुकी अली अर्थो एण्ड ट्रमा हस्पिटलको आइसियु कक्षमा भर्ना गरिएको थियो ।
मङगलबार बेलुका भर्ना भएकी महिलाको लुगा फेर्ने बहानामा चार जना पुरुष स्वास्थ्यकर्मीले बिरामी महिलाको संवेदनशील अंग छुनुका साथै चलाएको आरोप पीडित महिलाका आफन्तको छ । पिडित महिलाले रुदै आफन्तलाई आफुसँग दुव्र्यवहार भएको बताए पछि आफन्तहरुले प्रहरीमा खबर गरेको थियो ।
Nepal Akhabar > Blog > समाचार > वीरगन्जमा उपचारक्रममा युवतीको संवेदनशील अंग स्पर्श गरेको आरोपमा स्वास्थ्यकर्मी पक्राउ
Leave a reply