Tuesday, August 11

प्रतिनिधिसभाको बैठक आज बस्ने

नेपालअखबार, काठमाडौँ ।  संघीय संसद् अन्तर्गत् प्रतिनिधिसभाको बैठक सोमबार दिउँसो १ः०० बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्दैछ।

Advertisement

आजको बैठकमा संघीय संसद्का महासचिव  संवैधानिक परिषद् (काम कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो  संशोधन ) विधेयक, २०७९ को सम्बन्धमा राष्ट्रपतिबाट प्राप्त सन्देशको जानकारी गराइनेछ।

Advertisement
Advertisement

त्यसैगरी लेखा समितका सभापति ऋषिकेश पोखरेलले सार्वजनिक लेखा समितिको ३२औं वार्षिक प्रतिवेदन, २०८२ मा उल्लिखत सुझावहरू आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन २०७६ को दफा ४१ को उपदफा २ बमोजिम स्वीकृत गर्न प्रस्ताव प्रस्तुत गर्नेछन्।

Advertisement

युवा तथा खेलकूलमन्त्री तेजुलाल चौधरीले राष्ट्रिय खेलकूद विकास (पहिलो संशोधन) विधेयक, २०८२ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले विश्व व्यापार संगठनको मत्स्य उद्योगमा सहुलियतसम्बन्धी सम्झौतालाई अनुमोदन गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।