समाचार

नारायणगढमा औषधिको होलसेल पसलमा आगलागी

नेपाल अखबार, चितवन । चितवनको नारायणगढ बजारमा रहेको औषधिको एक होलसेल पसलमा आगलागी भएको छ ।
शहिदचाेकस्थित हिमालयन बैङ्क पछाडि रहेकाे मेडिमिक्स इन्टरप्राइजेजमा बिहीबार आगलागी भएको हो ।वडा प्रहरी कार्यालय नारायणगढका प्रहरी निरीक्षक रविन रेग्मीले भने, ‘अहिले दुई वटा दमकलको सहायताले आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ । आगो के कसरी लाग्यो भन्नेबार अहिले केही खुल्न सकेको छैन ।’

the authoradmin

Leave a Reply