समाचार

लमजुङमा पहिरोमा पुरिएर एकै परिवारका ३ जनाको मृत्यु

नेपाल अखबार, लमजुङ। लमजुङमा पहिरोमा पुरिएर एकै परिवारका ३ जनाले ज्यान गुमाएका छन् ।
अबिरल वर्षाका कारण  बेंसीशहर नगरपालिका ७, सातबिसेका एकै परिवारका ३ जनाको मृत्यु भएको हो ।
बेंसीशहर नगरपालिका १० स्थित स्थायी ठेगाना भएका  दीपक तामाङ, उनको श्रीमति अन्दाजी बिमाया तामाङ र छोरा छेवाङ तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।
उनका अनुसार बर्षाका कारण बिहीबार राति साढे १० बजेतिर उनीहरु बस्दै आएको घरलाई पहिरोले पुरेको थियो ।
मृतक ३ जनाको शव अहिले  लमजुङ जिल्ला सामुदायिक अस्पतालमा पोष्टमार्टमका लागि राखिएको छ ।

the authoradmin

Leave a Reply