
नेपालअखबार,काठमाडौं । नेपाल हज समितिको अध्यक्ष मुख्तारअहमदले हज समितिको १५ सदस्य नियुत्त जानकारी दिनु भयो । नेपाल काङ्ग्रेस र नेकपा एमालेको तर्फबाट ७ जना साथै पञ्च काश्मिरी तकिया मस्जिदले तोकेको एक जना व्यक्तिलाई सदस्यमा नियुत्ति गरिएको अध्यक्ष अहमदले जान्कारी दिनु भयो । सदस्य नियुत्ति प्रकृयामा केहि ढिलो हुनको कारण पार्टीबाट छनोट भएर आउनु पर्ने साथै नियुत्ति गर्न भन्दा पहिला सरकारी प्रकृया पुरा गर्दा केहि दिन ढिलो भएको हो । यसलाई अन्यार्थ रुपमा लिन मिल्दैन अध्यक्ष अहमदले बताउनु भयो । पहिलो बैठकको नियर्ण भए लगतै हजयात्राका लागि आहवान गर्नका लागि सूचना जारि गरिने बताउनु भएको छ ।
हजयात्रीहरूको काठमाडौँ बसाई जति सक्दो सहज बनाउन विगतका समस्याहरुलाई केलाउँदै न्यूनीकरण गर्नका लागि छिट्टै सरोकावाला सबैलाई निमन्त्रण गरी छलफल अन्तरक्रिया गर्ने बताउनु भयो ।



