समाचारहाइलाइट-समाचार

आजको बाढीको पूर्वानुमान : कहाँ–कहाँ छ खतरा ?

नेपाल अखबार, काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले आगामी ३ दिन कन्काई, कोशी, कमला, बागमती, नारायणी र यसका सहायक नदीमा बहाव सतर्कता आसपास र केहिमा खतरा तहसम्म पुग्न सक्ने बताएको छ ।
आज प्रदेश १ को झापा, मोरङ, सुनसरी, उदयपुर, संखुवासभा, खोटाङ, ओखलढुङगा, प्रदेश २ को सबै जिल्लाहरु, बागमती प्रदेश को दोलखा, रामेछाप, सिन्धुली, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, मकवानपुर, चितवन, धादिङ, नुवाकोट, काठमाण्डौ उपत्यका, गण्डकी प्रदेशको नवलपरासी, लम्जुङ, तनहूँ, स्याङ्जा, पर्वत, कास्की, म्याग्दी, बागलुङ र आसपास जिल्ला तथा प्रदेश ५ को तराईको जिल्ला भइ बहने स–साना नदीमा आकस्मिक बहावको उच्च सम्भावना रहेको तथा भारतीय सीमा आसपास भारी वर्षाको पुर्वानुमान रहेकाले डुवान भइरहने होचा स्थान र नदीतटिय क्षेत्रमा उच्च सतर्कता अपनाउन भनिएको छ ।
भोलि र पर्सी प्रदेश १, २ बागमती, गण्डकी, प्रदेश ५ र सुदुरपश्चिम प्रदेशको मध्यपहाडी , चुरे र तराईबाट बहने स–साना नदी तटीय क्षेत्रमा आकस्मिक बहावको उच्च संभावना रहेको छ ।

the authoradmin

Leave a Reply