Monday, April 27

नेकपा स्थायी कमिटी बैठक एक साताका लागि स्थगित

नेपाल अखबार, काठमाडाैं। पटक-पटक स्थगित हुँदै आएको सत्तारुढ नेकपाको स्थायी कमिटी बैठक पुनः एक साताको लागि स्थगित भएको छ।
केहीबेर अघि ट्वीट गर्दै पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठक सात दिनका लागि स्थगित भएको जानकारी गराएका हुन्। देशमा भइरहेको भारी वर्षा र बाढी पहिरोको कारण बैठक स्थगित गर्नुपरेको प्रवक्ता श्रेष्ठको भनाई छ।
१० असारदेखि सुरु भएको नेकपा स्थायी कमिटी बैठक पटक-पटक स्थगित हुँदै आएको छ। पछिल्लोपटक बैठक आज (शुक्रबार) का लागि सारिएको थियो। स्थायी कमिटी बैठकमा बोल्ने अधिकांश सदस्यले प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीको चर्को आलोचना गरेका छन्। ओलीले दुबै पदबाट राजीनामा दिनुपर्ने आवाज चर्को रुपमा उठेपछि नेकपामा विवाद चुलिएको छ।
विवाद समाधानका लागि ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच तीनदिनसम्म एक्ला एक्लै वार्ता भएपनि सहमतीको विन्दु फेला परेको छैन।
बैठक स्थगित भएको जानकारी दिँदै श्रेष्ठले ट्वीटमा लेखेका छन्, ‘देशभर भैरहेको अतिबृष्टि र सिन्धुपलाञ्चोक लगायत केही जिल्लाहरुमा जनधनको ठूलो क्षतिसमेत भइसकेको स्थितिमा सम्पुर्ण पार्टीपंती उद्दार एवं राहातमा लाग्न र आसन्न संभावित क्षतिलाई सकेसम्म रोक्ने कार्यमा लाग्न पार्टी केन्द्रीय कार्यालयको तर्फबाट निर्देशन दिँदै स्थायी कमिटीको बैठक ७ दिन स्थगित।’

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *