Sunday, April 19

कैलालीमा उपचारका क्रममा एक बन्दीको मृत्यु

नेपालअखबार,काठमाडौँ । कैलाली कारागारमा सोमबार दिउँसो उपचारका क्रममा एक जना बन्दीको उपचारका क्रममा मृत्यु भएको छ।

टीकापुर–४ का ५८ वर्षीय रामकृष्ण चौधरीको उपचारका क्रममा प्रादेशिक अस्पताल धनगढीको दिउँसो मृत्यु भएको कैलालीका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले बताए।

Advertisement

लम्सालका अनुसार उनी उच्च रक्तचापका बिरामी थिए। एकाएक उनलाई दिउँसो १२ बजेपछि असजिलो भएपछि उपचारका लागि प्रादेशिक अस्पताल पुर्‍याइएको थियो।

उपचारका क्रममा उनको मृत्यु भएको थियो।

प्रशासनका सूचना अधिकारी शिवराज जोशीले चौधरी एक डेढ महिना पहिले मात्रै पुर्पक्षका लागि कारागारमा बन्दीका लागि पठाइएका व्यक्ति थिए। शवको पोष्टमर्टमका लागि अस्पतालमा राखिएको छ।