Sunday, August 16

नेपाली सेना र चीनको जनमुक्ति सेनाको संयुक्त अभ्यास सुरू

नेपालअखबार, काठमाडौं। नेपाली सेना र चीनको जनमुक्ति सेनाको संयुक्त अभ्यास सुरू भएको छ।

Advertisement

आइतबारदेखि काठमाडौंमा दुई देशका सेनाको संयुक्त अभ्यास सुरू गरेको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

Advertisement
Advertisement

यसलाई संयुक्त अभ्यास सगरमाथा फ्रेन्डशीप-२०२५ को नाम दिइएको छ।

Advertisement

यो कार्यक्रम भदौ ३१ गतेसम्म सञ्चालन हुने छ।

अभ्यासमा विपद् व्यवस्थापन, संयुक्त राष्ट्र संघीय शान्ति मिसन, प्रतिआतंकवाद लगायतका विषयमा ज्ञान आदानप्रदान हुने निर्देशनालयले जनाएको छ।

यो अभ्यास २०७४ सालदेखि सुरू भएको थियो। यो अभ्यास नेपाल र चीनमा प्रत्येक वर्ष आलोपालो गर्दै सञ्चालन हुँदै आइरहेको छ।