
नेपालअखबार,काठमाडौँ । महिला सरकारी वकिलहरूको पहिलो राष्ट्रिय सम्मेलन भोलि (सोमबार) देखि काठमाडौँमा सुरु हुने भएको छ।
‘महिला सरकारी वकिलको सशक्तीकरण: फौजदारी न्याय प्रणालीको सुदृढीकरण’ भन्ने नाराका साथ महान्यायाधिवक्ताको कार्यालयले यो दुई दिने सम्मेलन आयोजना गर्न लागेको हो।
आइतबार आयोजित पत्रकार सम्मेलनमा सहन्यायाधिवक्ता मीना गुरुङले दिएको जानकारीअनुसार, भोलि (सोमबार) र पर्सि (मंगलबार) सम्म चल्ने यस सम्मेलनमा देशभरका महिला सरकारी वकिलहरूको सहभागिता रहनेछ।
सम्मेलनमा ५ वटा कार्यपत्र प्रस्तुत गरिनेछ र त्यसपछि घोषणापत्र जारी गरिनेछ।
सम्मेलनले महिला सरकारी वकिलहरूको पेसागत क्षमता अभिवृद्धि, नेतृत्व विकास र लैङ्गिक समानता लगायतका विषयमा छलफल गर्ने सहन्यायाधिवक्ता गुरुङले बताएकी छिन्।


