Saturday, May 30

कर्मचारीले काम नगरे सिधै गुनासो गर्न मिल्ने : अर्थमन्त्री खनाल

नेपालअखबार,काठमाडौँ । अर्थमन्त्री रामेश्वर खनालले अर्थ मन्त्रालय मातहतका निकाय र बैंक तथा वित्तीय संस्थाका कर्मचारीले गर्नुपर्ने काम नगरेमा सिधै मन्त्रीलाई गुनासो गर्न मिल्ने व्यवस्था गरेका छन् । सोमबार मन्त्री खनालले आफ्नो इमेल वा मन्त्रालयको टोल फ्री नम्बरमा उजुरी गर्न सूचना जारी गरेका हुन् ।

सोमबार मन्त्रालयले एक सूचना प्रकाशित गर्दै कर्मचारीले गर्नुपर्ने काम नगरेको, नगर्नुपर्ने काम गरेको वा अनुचित कार्यकाको लागि दबाब दिएको र घुस तथा रिसवत मागेमा सिधै अर्थमन्त्रीलाई इमेल गर्न मिल्ने व्यवस्था गरिएको जानकारी दिएको छ ।

Advertisement

अर्थमन्त्री खनालले घुस वा रिसवत माग गर्ने लगायतका कुनै पनि अनावश्यक ढिलासुस्ती वा सेवा प्रवाहमा कठिनाइ भएको अवस्थामा अर्थमन्त्री खनालको अफिसियल इमेल वा टोल फ्री नम्बरमा गुनासो गर्न सकिने भएको छ । अर्थमन्त्री खनालले यसको लागि उपसचिव निरन भट्टराई र शाखा अधिकृत पवित्रा ज्ञवालीलाई सम्पर्क व्यक्ति पनि तोकेका छन् ।

552115003_2028123044592150_3631917213760844321_n