Wednesday, September 23

अरनिको र बीपी राजमार्गमा सवारीसाधन ‘होल्ड’

नेपालअखबार,काठमाडौँ । शुक्रबारदेखिको निरन्तरको वर्षाका कारण अरनिको र बीपी राजमार्गमा पूर्वबाट आएका सवारी साधनलाई विभिन्न स्थानमा होल्ड गरिएको छ।

Advertisement

निरन्तर वर्ष भएसँगै विभिन्न स्थानमा आएको लेदासहितको पहिरो खसेपछि ट्राफिक प्रहरीले धुलिखेल, काभ्रेभन्ज्याङ, भकुण्डे र मङ्गलटारमा सवारी साधन रोकेको हो ।

Advertisement
Advertisement

यात्री र सवारी साधनको सुरक्षालाई दृष्टिगत गर्दै ती स्थानबाट होल्ड गरिएको  ट्राफिक प्रहरीले जनाको छ।

Advertisement

पहिरोका कारण बिहानदेखि अवरुद्ध अरनिको राजमार्ग होल्ड गरिएको छ।धुलिखेल–खावाखण्डअन्तर्गत तिरतिरे धारामा पहिरो खसेकाले राजमार्गमा पनि सवारी साधन सञ्चालन रोक लगाएको छ।