Monday, May 11

नारायणघाट–बुटवल सडकमा हालसम्म छैन अवरोध

नेपालअखबार,काठमाडौं। नारायणघाट–बुटवल सडकखण्डमा हालसम्म (शनिबार १६:४० बजेसम्म) कुनै अवरोध नभएको प्रशासनले जानकारी दिएको छ। सो सडकको दाउन्ने खण्ड पनि हाल सामान्यतया खुला रहेको छ।

यद्यपि, सुरक्षा कारणले काठमाडौँतर्फ जाने गाडीहरुलाई भने बर्दघाटस्थित टीसीएन चोकमा रोकिएको छ। प्रशासनले सम्भावित जोखिको मूल्याङ्कन गर्दै राति दाउन्ने खण्डमा यात्रा गर्न पनि रोक लगाउन सक्ने जनाएको छ ।

Advertisement

सडकमा हुने सम्भावित विपदसँग जुझ्न सरकारसँगको सहकार्य सबै नागरिकको कर्तव्य रहेको जिल्ला प्रशासन कार्यालय नवलपरासीको भनाइ छ।