
नेपालअखबार, काठमाडौं। कार्तिक २० सम्म नेपालबाट हज यात्रा जान चाहनेका लागि फारम भर्ने म्याद थप गरिएको अध्यक्ष मोख्तार अहमदले जन्कारी दिनु भएको छ।
अगामी २०८३को हज यात्रा अझै व्यवस्थित, मर्यादित र हाजीहरुका निम्ति सक्दो सुविधा सहित बनाउन प्रयासरत रहने अध्यक्ष मोख्तार अहमदले बताउनु भयो ।
यस बर्ष हजमा जान चाहने इच्छुक नेपाली मुस्लिम समुदायको लागि अन्तिमपटक कार्तिक २० गते सम्म समय थप गरिएको छ। समयमा नै आवेदन गरि प्राप्त कोटा संख्या १२०० भित्र आफ्नो सीट सुरक्षित गर्न हुन सबैमा हार्दिक अनुरोध गर्दछौं।
सूचना हेर्नुस्