
नेपालअखबार,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले अनलाइन सञ्चारमाध्यम दर्ता गर्ने प्रयोजनका लागि सूचना विभागका महानिर्देशकलाई स्थानीय अधिकारी तोकेको छ । शुक्रबार एक सूचना जारी गर्दै मन्त्रालय सो निर्णय गरिएको जानकारी दिएको हो ।
मन्त्रालयद्वारा प्रकाशित सूचनामा भनिएको छ :‘नेपाल सरकारले छापाखाना र प्रकाशनसम्बन्धी ऐन, २०४८ को दफा २ को खण्ड (त) ले दिएको अधिकार प्रयोग गरी अनलाइन सञ्चारमाध्यम दर्ता गर्ने प्रयोजनका लागि सूचना तथा प्रसारण विभागको महानिर्देशकलाई स्थानीय अधिकारीको रूपमा तोकेकोले यो सूचना प्रकाशन गरिएको छ ।’


