Sunday, April 19

नेकपा एकीकृत समाजवादी निकटका युवा र विद्यार्थीको धारणा सार्वजनिक

काठमाडौं, असोज २६ —देशभरि फैलिएको जेन–जी आन्दोलनपछिको राजनीतिक अन्योल हटाउन र संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्न १३ बुँदे मागसहित अनेरास्ववियू र युवा संघ नेपालले दबाबमूलक विज्ञप्ति सार्वजनिक गरेका छन्।

 

Advertisement

दुवै संगठनले संयुक्त रूपमा एक विज्ञप्ति जारी गर्दै हालको सरकारको कार्यशैली, भ्रष्टाचार, दमन र प्रणालीगत विकृतिमाथि कडा असन्तोष व्यक्त गरेका छन्। विज्ञप्तिमा उनीहरूले राज्य सञ्चालनका कमजोरीहरू सुधार्न, आन्दोलनका माग सम्बोधन गर्न र युवालाई नीति निर्माणमा सक्रिय सहभागी गराउन आग्रह गरेका छन्।