
नेपालअखबार,काठमाडौं । सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले निर्वाचन आयोगको प्रमुख आयुक्त र एक जना आयुक्तको पदपूर्ति गर्ने विषयमा छलफल थालेको छ ।
सरकारले निर्वाचनलाई पहिलो प्राथमिकता दिएको छ । कार्की नेतृत्वकाे सरकारले संवैधानिक आयोगको पदाधिकारी मध्ये निर्वाचन आयोगमा जोड दिएको हो ।
‘खाली स्थानमा कसरी पदपूर्ति गर्ने भनेर आन्तरिक छलफल भएको हो । निर्णय त भइसकेको छैन,’ प्रधानमन्त्री कार्यालय स्रोतले भन्यो ।
निर्वाचन आयोगको प्रमुख आयुक्तमा पूर्वसचिव दिनेश थपलियाको पदावधि गत चैत ८ गते सकिएपछि अहिले उक्त पद रिक्त छ ।
जेनजीहरुले सरकारलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त सहित अन्य आयुक्त हटाउन समेत दबाब दिइरहेकाे बताइएकाे छ ।

