Monday, June 1

दलहरू चुनावबाट भाग्ने र सरकारले वातावरण नबनाउने हो भने थप संकटः प्रवक्ता सापकोटा

नेपालअखबार,काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का प्रवक्ता अग्निप्रसाद सापकोटाले केही दलहरू चुनावबाट भाग्न खोजिरहेको बताएका छन् ।  सरकार पनि मिति तोक्ने तर वातावरण बनाउनेतर्फ नलागेको उनको आरोप छ । दलहरू चुनावबाट भाग्ने र सरकारले पनि वातावरण नबनाउने हो भने थप संकट निम्तिने उनको चेतावनी छ ।

बिहीबार राजधानीको संवाद डबलीमा भएको कार्यक्रममा बोल्दै सापकोटाले वर्तमान सरकार जेनजीको मर्मभन्दा फरक ‘काम–कुरो एकातिर कुम्लो बोकी ठिमीतिर’ जस्तै भएकोसमेत बताए ।

Advertisement

सापकोटाले आफ्नो पार्टी फागुन २१ गतेको निर्वाचनमा सहभागी हुने र अरू सबै दलहरू पनि सहभागी हुनुपर्ने धारणा राखे । उनले भने, ‘हामी तयार छौँ, अरू कुनै पनि दल त्यसबाट भाग्न पाइँदैन र वर्तमान सरकारले पनि निर्वाचनको वातावरण बनाउने कुरामा ध्यान दिनुपर्छ ।’ उनले वर्तमान अन्तरिम सरकारको मुख्य जिम्मेवारी भनेको निर्वाचन तोकिएकै समयमा सम्पन्न गर्नु र अहिले त्यसको लागि तयारी गर्नु भएको बताए ।