Sunday, May 10

कांग्रेस केन्द्रीय समिति बैठक भोलि बिहान ११ बजे बस्ने

नेपालअखबार,काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक भोलि पुनः बस्ने भएको छ ।

बैठक भोलि बिहान ११ बजे पुनः  बस्ने  गरी आजको बैठक स्थगित भएको कांग्रेस नेता प्रकाशशरण महतले जानकारी दिए ।

Advertisement

आजको बैठक सुरु गर्दै कार्यवाहक सभापति पूर्णबहादुर खड्काले विशेष महाधिवेशनका लागि आएका हस्ताक्षरको बारेमा जानकारी गराएका थिए ।

विशेष महाधिवेशनको माग गर्नेहरूको जोड नियमित महाधिवेशन गर्ने रहेकाले बैठकका क्रममा नियमित महाधिवेशनमा समझदारी हुने जानकारी गराएका थिए ।