Sunday, April 19

रोल्पामा बमजस्तो देखिने शंकास्पद वस्तु डिस्पोज

नेपालअखबार, काठमाडौं । रोल्पामा बमजस्तो देखिने शंकास्पद वस्तु डिस्पोज गरिएको छ ।

शुक्रबार दिउँसो देखिएको उक्त वस्तु नेपाली सेनाको टोलीले डिस्पोज गरेको हो ।

Advertisement

रोल्पा नगरपालिका–६ कोटगाउँस्थित स्थानीयले बारीमा ढुङ्गा निकाल्ने क्रममा सकेट बम जस्तो देखिने वस्तु फेला परेको थियो ।

लगत्रै नेपाली सेनाको सुर्यदल गणबाट बम डिस्पोजल (बि.डी.) टिम सहित खटिएको फौजले उक्त शंकास्पद बस्तुलाई सुरक्षितसाथ डिस्पोज गरेको हो ।