Thursday, July 9

भारतीय मिडियामा हसिनाको अन्तर्वार्ता, ढाकाद्वारा भारतीय कूटनीतिज्ञसँग स्पष्टीकरण माग

नेपालअखबार,ढाका । बंगलादेशको विदेश मन्त्रालयले पूर्वप्रधानमन्त्री शेख हसिनाको भारतीय मिडियामा आएको अन्तर्वार्तालाई लिएर ढाकास्थित भारतीय उपउच्चायुक्त पवन बदेहलाई स्पष्टीकरणका लागि बोलाएको छ। बीबीसी बंगला सेवाका अनुसार बंगलादेशले यस विषयमा गम्भीर चिन्ता व्यक्त गरेको हो।

Advertisement

बंगलादेशमा आफ्नो सरकार ढलेपछि शेख हसिना हाल भारतमा बसिरहेकी छन्। बंगलादेशको सरकारी समाचार एजेन्सी बीएसएसले बुधबार साँझ एक कूटनीतिक स्रोतलाई उद्धृत गर्दै यस खबरको पुष्टि गरेको छ।

Advertisement
Advertisement

बीएसएसका अनुसार, बंगलादेशको विदेश मन्त्रालयले भनेको छ, ‘मानवता विरुद्धको अपराधमा मुद्दा खेपिरहेकी एक अभियुक्तलाई शरण दिनु र उनलाई बंगलादेशविरोधी बयान दिन तथा देशमा आतङ्कवादी गतिविधिहरूलाई भड्काउन अनुमति दिनु दुई देशबिचको द्विपक्षीय सम्बन्धका लागि उचित छैन।’

Advertisement

बंगलादेशले भारतीय कूटनीतिज्ञलाई शेख हसिनाको मिडिया पहुँचलाई तुरुन्तै रोक्न भनेको छ। गत वर्ष सरकार विरोधी आन्दोलनपछि शेख हसिनाले देश छाड्नुपरेको थियो।