Thursday, July 9

पुराना कारलाई विद्युतीय गाडीमा परिणत गर्न अब सरकारले अनुमति दिन्छ : मन्त्री पुन

नेपालअखबार, काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले पुराना कारलाई विद्युतीय गाडीमा परिणत गर्न अब सरकारले अनुमति दिने बताएका छन् ।

Advertisement

नेपालमा धेरै वर्षदेखि धेरै इन्जिनियरहरू र टेक्निसियनहरूले पुरानो कार र भ्यानहरूलाई इन्जिन फालेर त्यसलाई ब्याट्रीबाट चल्ने वातावरणमैत्री विद्युतीय गाडीमा परिणत गर्ने प्रयास गरे पनि सरकारले अनुमति नदिएको पुनले उल्लेख गरेका छन् ।

Advertisement
Advertisement

सामाजिक सञ्जालमा उनले लेखेका छन्– ‘यसअघि लोभी–पापीहरूले अनेकौँ नियम कानुन देखाएर कसैलाई त्यस्तो गर्न अनुमति दिएका थिएनन्। अब नेपाल सरकार यातायात मन्त्रालयले सो कामको लागि अनुमति दिने व्यवस्था गर्छ।’

Advertisement