Thursday, July 9

मेरा साथीहरूले प्रचण्डलाई घेरिसके, माओवादी सिध्याइदिए: ओली

नेपालअखबार, काठमाडौं ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्ना साथीहरूले पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई घेरिसकेको टिप्पणी गरेका छन्।

Advertisement

११ वाम घटक मिलाएर प्रचण्डले नेपाली कम्युनिस्ट पार्टी बनाएका छन्। उक्त पार्टीमा छैटौं वरीयतासम्म पनि आफ्ना साथीहरू रहेको ओलीको भनाइ छ।

Advertisement
Advertisement

‘एमाले देशका लागि लड्ने पार्टी हो, यो वृद्धाश्रम होइन। एकताका नाममा नचाहिने काम गर्ने अहंकारले भरिएका मानिसहरू थुपारेर अब देख्छन् प्रचण्डले,’ एमाले स्थानीय विभागले बुधबार गरेको कार्यक्रममा बोल्दै ओलीले भने, ‘एक ढंगले भन्ने हो भने म एकदम खुसी छु। दोस्रो, तेस्रो, चौथो र छैटौं नम्बर मेरै साथी। अब देख्छन् प्रचण्डले मेरा साथी कस्ता छन्। मेरा साथीले त प्रचण्डलाई घेरिसके।’

Advertisement

आफ्ना साथीहरूले माओवादी पार्टी नै विघटन गराइसकेको उनको भनाइ थियो।

‘मेरा साथीहरूले काम गरेका छन् माओवादी पार्टी सिध्याइदिए। अब विप्लवजीहरूले माओवादी बनाउनुभएको छ। अब माओवादी भनेको विप्लवजीको पार्टी भयो प्रचण्डजीहरू माओवादी होइन, हाम्रो साथीहरूले गरेकै छन् अझै गर्छन्,’ ओलीले भने।