Thursday, November 20

निर्वाचनमा भाग लिने मतदाताको उमेर फागुन २० गतेसम्म १८ वर्ष पूरा हुनुपर्ने

नेपालअखबार,काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा मतदानका लागि फागुन २० गतेभित्र १८ वर्ष पुरा हुनुपर्ने भएको छ ।

Advertisement

आयोगले आजबाट मतदाताको उमेर १८ वर्ष पुग्ने निर्दिष्ट मिति निर्धारण र मतदाता नामावलीलाई अद्यावधिक गर्ने कार्यक्रम स्वीकृत भएको छ।

Advertisement

फागुन २० गतेसम्म १८ वर्ष पुग्ने मतदाताहरूको नामावली मंसिर २० गते आयोगको वेबसाइटमा प्रकाशन गरिने आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले बताए ।

आगामी पुस १५ गते सम्बन्धित निर्वाचन कार्यालय र वडा कार्यालयमा अन्तिम मतदाता नामावली प्रकाशन गरिने आयोगले जनाएको छ ।

582243548_1332199961517151_3306647359979993114_n