Saturday, July 4

प्रगतिशील लोकतान्त्रिक पार्टीले अध्यक्ष परिषद् बनाउने

नेपालअखबार,काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टीले ‘अध्यक्ष परिषद्’ गठन गर्ने भएको छ । ‘अध्यक्ष परिषद्’मा दलित, महिला, आदिवासी जनजाति, मधेशी, पिछडिएको क्षेत्र लगायत सबै क्लष्टरबाट प्रतिनिधित्व हुने गरी अध्यक्ष परिषद गठन गर्ने तयारी गरिएको  हो । यही अध्यक्ष परिषदले पार्टीमा कार्यकारी भूमिका खेल्ने नेताहरुले बताएका छन् ।

Advertisement

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गरेका सन्तोष परियारबीच एकतापछि बनेको प्रगतिशील लोकतान्त्रिक पार्टी आइतबार घोषणा हुँदैछ।

Advertisement
Advertisement

काठमाडौंको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा दिउँसो साढे १२ बजे पार्टी एकता घोषणा कार्यक्रम हुने नेता सुदन किराँतीले जानकारी दिए।

Advertisement

कात्तिक १९ गते १० वटा वाम घटकहरू मिलेर नेपाली कम्युनिस्ट पार्टी घोषणा भएपछि जनार्दन शर्माले तत्कालीन माओवादी केन्द्र परित्याग गरी प्रगतिशील राष्ट्रिय अभियान घोषणा गरेका थिए।

पछि सन्तोष परियारले पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) छाडेका थिए। कात्तिक २८ गते बाबुराम भट्टराईको नेसपा (नयाँ शक्ति), जनार्दन शर्माको अभियान, सन्तोष परियारले एकताको सहमति गरेका थिए। सोही पार्टी आइतबार राष्ट्रिय सभाबाट घोषणा हुन लागेको हो।

पार्टी घोषणा कार्यक्रमको अध्यक्षता सन्तोष परियारले गर्नेछन्।  निर्वाचन आयोगमा भने उक्त दल दर्ता भइसकेको छ।