
नेपालअखबार, काठमाडौं। राष्ट्रियसभा निर्वाचनका लागि १३ वटा दल दर्ता भएका छन् ।
निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भने ५६ वटा दल दर्ता भएका छन् ।
प्रतिनिधिसभाको हकमा यो संख्या अझै बढ्न सक्नेछ । राष्ट्रिय सभाको हकमा भने आज निर्वाचन प्रयोजनका लागि दल दर्ताको अन्तिम दिन हो ।
प्रतिनिधिसभाको निर्वाचन प्रयोजनका लागि भने मंसिर १० गतेसम्म दल दर्ता गर्न सकिनेछ ।

