Sunday, August 23

महाधिवेशन प्रतिनिधि उम्मेदवार शुल्क आफूखुसी तोकेपछि एमाले संगठन विभागको पाँच बुँदे निर्देशन

नेपालअखबार,काठमाडौं । नेकपा (एमाले) केन्द्रीय संगठन विभागले पाँच बुँदे निर्देशन जारी गरेको छ। नुवाकोट लगायत जिल्लाले आफूखुसी महाधिवेशन प्रतिनिधिका लागि उम्मेदवार शुल्क तोक्न थालेपछि संगठन विभागले निर्देशन नै जारी गरेको हो।

Advertisement

नुवाकोटले महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिन चाहनेका लागि १० हजार शुल्क तोकेको थियो। केन्द्रीय संगठन विभागले अब बढीमा एक हजार रुवैयाँसम्म शुल्क निर्धारण गर्न भनेको छ।

Advertisement
Advertisement

सोमबार राति बसेको भर्चुअल बैठकले निर्वाचन प्रक्रियामा प्रवेशगर्नुपूर्व केन्द्रीय कमिटीको परिपत्र अनुसार आआफ्नो निर्वाचन क्षेत्रको अन्तिम मतदाता–सूचि अनिवार्यरुपमा प्रकाशन गर्ने भनेको छ।

Advertisement

त्यस्तै कायम भएको अन्तिम मतदाता–सूचिको संख्या केन्द्रीय संगठन विभागलाई तत्काल जानकारी गराउन पनि भनेको छ।
निर्वाचन प्रक्रियामै गएर प्रतिनिधि छनौट गर्न र मंसिर १२ गते साँझसम्म सहमति बनाउन हदैसम्म प्रयास गर्न भनेको छ।

सहमति नभए मतदानबाटै अनिवार्य रूपमा मंसिर १३ गते भित्र प्रतिनिधि टुंग्याउन पनि निर्देशन गरेको छ।

प्रतिनिधिको आवेदन दिन बढीमा एक हजारसम्म तोक्न सकिने र व्यवस्थापन र सहजीकरणको जिम्मेवारी तोकिएका सबै नेताहरूलाई समय छँदै आआफ्नो भूमिका निर्वाह गर्न भनिएको संगठन विभाग प्रमुख काशिनाथ अधिकारीले जानकारी दिएका छन्।