Sunday, May 24

ईस्लाम धर्ममा महिलाहरुलाई पर्याप्त हक अधिकार दिएको छ : अध्यक्ष अली

नेपालअखबार,काठमाडौं । ईस्लाम धर्ममा महिलाहरुलाई पर्याप्त हक अधिकार दिएको  साथै महिलामाथि कुनै विभेद नरहेको मुस्लिम आयोगकाअध्यक्ष महमदिन अली बताउनु भएको छ । मुस्लिम समुदायले आस्था राख्ने ईस्लाम धर्ममा महिलाप्रति सम्मानजनक व्यवहार हुने गरेको हुँदा यस्ता असत्य र तथ्यहिन टिकाटिप्पणी नगर्न तथा सामाजिक सद्भाव कायम राख्न सबैमा हार्दिक अनुरोध गर्नु भएको छ । विभिन्न सञ्चारमाध्यमहरूमा मुस्लिम महिलाहरुमाथि असमानता, विभेद र अमानवीय व्यवहार हुने गरेको भनी प्रकाशित टिकाटिप्पणीहरूप्रति आयोगको गम्भिर ध्यानाकर्षण भएको अध्यक्ष महमदिन अली बताउनु भयो ।
प्रविधिको सही प्रयोग गरौ लैङ्गिक हिंसा अन्त्य गरौ भन्ने मुल नारासहित मनाईरहेको लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान कार्यक्रम २०८२ ९नोभेम्बर २५ ( डिसेम्बर १०,२०२५० को शुभ अवसरमा हार्दिक शुभकामना व्यक्त गर्दै यो महत्वपूर्ण अभियानमा क्रियाशिल रहन सबैमा अध्यक्ष महमदिन अली विनम्र अनुरोध गर्नु भएको छ ।

विज्ञप्ति हेर्नुस् :

Advertisement

No description available.