
नेपालअखबार,बुटवल । नेपाली कम्युनिष्ट पार्टीले आज लुम्बिनीको देउखुरीमा एकता सन्देश सभा गर्न लागेको छ । नेकपा गठनपछि देशभर एकता सन्देश सभा गर्ने निर्णय गरे बमोजिम आज दाङको देउखुरीमा सभा गर्ने भएको हो । सभालाई संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधवकुमार नेपाल , भीम रावल, वर्षमान पुनलगायतका नेताहरूले सम्बोधन गर्ने छन् ।
नेकपा माओवादी केन्द्रसहित विभिन्न १५ भन्दा बढी घटक मिलेर नेपाल कम्युनिष्ट पार्टी गठन भएसँगै संगठानिक गतिविधि शुरु गरेको छ ।

