कृषिसमाचार

दाङमा सलहले करिब १८ बिगाहाको मकैमा क्षति

नेपाल अखबार, दाङ । दाङको देउखुरीमा आइतवार दिउँसो आएको सलहले १८ बिगाहामा लगाएको मकैमा क्षति पु¥याएको छ । देउखुरी क्षेत्रको राप्ती गाउँपालिका र गढवा गाउँपालिकामा क्षति पु¥याएको कृषि ज्ञान केन्द्र दाङले जानकारी दिएको छ ।
गढवा गाउँपालिका र राप्ती गाउँपालिमा गरी करिब १८ बिगाहामा क्षति पु¥याएको कृषि ज्ञान केन्द्रका प्रमुख सन्देश धितालले जानकारी दिए । ‘सलहले मकैमा ६० देखि ७० प्रतिशत क्षति पु¥याएको छ’, प्रमुख धितालले बताए ।
सलहले धेरै मकै बालीमा क्षति पु¥याएको उनको भनाइ रहेको छ । स्थानीय बासिन्दाको अनुसार करिब १ घण्टा जति बसेको धितालले बताए । देउखुरी क्षेत्रमा आइतवार दिउँसो सलह प्रवेश गरेको थियो । अझै सलह आउने सम्भावना रहेको प्रमुख धितालले बताए । कृषकहरुलाई सचेत रहनसमेत आग्रह गरेका छन् ।
यसअघि असार १६ गते र १७ गते जिल्लामा सलह देखिएको थियो । दोस्रोपटक जिल्लामा सलह प्रवेश गरेसँगै कृषकहरु चिन्तित भएका छन् । तयारी हुन थालेको मकै, र भर्खरै मात्र रोपिएको धान तथा तरकारी बालीमा समेत क्षति पु¥याउने चिन्तामा कृषकहरु रहेका छन् ।
आइतवार दाङमा आएको सलह यसअघि आएको भन्दा ठूलो संख्यामा रहेको राप्ती गाउँपालिका कृषि शाखा प्रमुख महेश अधिकारीले जानकारी दिए । राप्ती गाउँपालिकामा दिउँसो करिब डेढ बजेतिर सलह देखा परेको उनको भनाइ रहेको छ ।
जिल्लाको दक्षिणतर्फ सिमाना भारतबाट सलह प्रवेश गरेको कृषि ज्ञान केन्द्रका प्रमुख सन्देश धितालले जानकारी दिए । देउखुरी क्षेत्रमा बसेको सलह पूर्व र उत्तरतर्फ लागको थियो । सलह बसेपछि स्थानीयहरुले धुँवा बनाउने, आवाज निकाल्ने गरेर धपाउने गरेका थिए । स्थानीयको पहलमा नै सलह धपाइएको कृषि ज्ञान केन्द्रका प्रमुख धितालले बताए । ‘स्थानीयको उत्साहपूर्ण प्रयासले सलह धपाउन सकिएको हो’, प्रमुख धितालले भने ।
नोक्सानी गर्दैन ।
यसैबीच भारत हुँदै नेपाल आएको सलहको अर्को झुण्डले यहाँ धेरै नोक्सानी नगर्ने विज्ञले बताएका छन् । प्यूठान, अर्घाआँचीलगायतका जिल्लामा केही नोक्सानी गर्न सक्ने भए पनि अहिले पानी परिरहेकाले धेरै क्षति भने नहुने प्लान्ट क्वरेन्टाइन तथा विषादि व्यवस्थापन केन्द्रका प्रमुख सहदेव हुमागाईंले बताए ।
‘तर सावधानी भने अपनाउनुपर्छ’, उनले भने । झण्डै १० देखि १२ लाखको संख्यामा आएका सलहको झुण्ड हिजो बेलुका प्यूठानमा रहेको र त्यहाँको केही ठाउँमा पनि नोक्सानी गरेको खबर आएको उनले जानकारी दिए ।
‘यो झुण्डले कत्तिको नोक्सानी गर्छ भन्ने कुरा मौसममा भर पर्छ’, उनले भने– ‘घाम लाग्यो भने केही नोक्सानी गर्न सक्छ, तर पानी निरन्तर परिरह्यो भने क्षति गर्ने सम्भावना कम हुन्छ ।’ उनले किसानलाई नआत्तिन बरु भगाउने उपायको खोजी गर्न आग्रह पनि गरे ।
अहिले हावाको गति पूर्वोत्तर दिशामा रहेकाले भारतबाट सलहको झुण्ड नेपाल प्रवेश गरेको हो । अझै केही संख्यामा नेपाल आउने सम्भावना कायमै रहेको जानकारहरूको भनाइ छ । भारतको उत्तर प्रदेशको सीतापुर तथा बहराइच क्षेत्रमा रहेका सलहमध्ये एउटा बगाल दाङको गढवा गाउँपालिकामा आएको थियो । १५ दिन पहिले पनि नेपालमा सलहका स–साना झुण्ड भित्रिएका थिए । तिनीहरु भने विभिन्न कारणले अहिले नष्ट भइसकेका छन् ।

the authoradmin

Leave a Reply