Tuesday, July 14

त्रिविको ५१ औं दीक्षान्त समारोह पुस १० गते

नेपालअखबार, काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)को ५१ औं दीक्षान्त समारोह आगामी पुस १० गते हुने भएको छ।

Advertisement

परीक्षा नियन्त्रण कार्यालय बल्खुले सूचना जारी गर्दै दीक्षान्त समारोह २०२५ डिसेम्बर २५ अर्थात् पुस १० गते बिहीबार दशरथ रंगशालामा सम्पन्न हुनेछ।

Advertisement
Advertisement

समारोहमा सहभागी हुने विद्यार्थीहरूले बिहान ९ बजेदेखि समारोह स्थलमा प्रवेश गर्नुपर्नेछ।

Advertisement

विद्यावारिधि (पीएचडी) उपाधि तथा दीक्षान्त पदक प्राप्त गर्ने विद्यार्थीहरूलाई अगाडिको पंक्तिमा नाम उल्लेखित सिटमा बस्ने व्यवस्था मिलाइएको छ।

दीक्षान्त समारोहका लागि गाउन, स्कार्फ तथा टोपी वितरण पुस ९ गतेदेखि पुस ८ गतेसम्म बिहान ९ बजेदेखि अपराह्न ४ बजेसम्म परीक्षा नियन्त्रण कार्यालय बल्खुमा हुनेछ।

गाउन लिन आउँदा दीक्षान्त समारोहमा सहभागी हुनका लागि अनलाइन फाराम भरेको गाउन कलेक्सन कार्ड र पार्टिसिपेसन फाराम अनिवार्य रूपमा ल्याउनुपर्ने त्रिविले जनाएको छ।

निर्धारित मितिभित्र गाउन नलिने विद्यार्थीहरूले पुस ८ गतेभित्र अनिवार्य रूपमा गाउन स्कार्फ र टोपी लिनुपर्नेछ।

समारोहमा सहभागी हुने विद्यार्थीहरूका लागि पोसाकसम्बन्धी व्यवस्था पनि तोकिएको छ।

पुरुष विद्यार्थीले औपचारिक पोसाकमा कोट, पाइन्ट, टाइ र भादाले टोपीसहित त्रिविद्वारा उपलब्ध गराइएको गाउन, स्कार्फ र टोपी लगाउनुपर्नेछ।

महिला विद्यार्थीले औपचारिक पोसाक वा साडी, ब्लाउजमा त्रिविद्वारा उपलब्ध गराइएको गाउन, स्कार्फ र टोपी अनिवार्य रूपमा लगाउनुपर्नेछ।

प्रमाणपत्र वितरण दशरथ रंगशालाको उत्तरपट्टि रहेको श्री नेपाली सेनाको प्रधान कार्यालय परिसरस्थित प्रमाणपत्र वितरण काउन्टरबाट गरिनेछ।

प्रमाणपत्र लिन आउँदा अनलाइन फाराम भरेर प्राप्त गरिएको सर्टिफिकेट कलेक्सन कार्ड अनिवार्य रूपमा ल्याउनुपर्नेछ। दीक्षान्त समारोहमा उपस्थित भएर पनि सोही दिन प्रमाणपत्र लिन नआएका विद्यार्थीहरूले पछि परीक्षा नियन्त्रण कार्यालय रेकर्ड तथा प्रमाणपत्र महाशाखा, बल्खुबाट प्रमाणपत्र प्राप्त गर्न सक्नेछन्।

गाउन, स्कार्फ तथा टोपी फिर्ता गर्ने व्यवस्था पुस ११ गतेदेखि पुस ७ गतेसम्म बिहान ९ बजेदेखि अपराह्न ४ बजेसम्म परीक्षा नियन्त्रण कार्यालय, बल्खुमा गरिएको छ।

अनलाइन फाराम भरेर प्राप्त गरिएको गाउन रिटर्न कार्डसहित सामग्री फिर्ता गरेपछि मात्र धरौटी रकम बैंक खातामार्फत फिर्ता गरिनेछ।

निर्धारित समयभित्र फिर्ता नगरेमा विलम्ब शुल्क कट्टा गरिने जनाइएको छ।

tu-dikshanta-1765601201.jpg