Monday, July 13

प्रतिनिधि सभा पुनर्स्थापनाको माग गर्दै कांग्रेसका ६५ निवर्तमान सांसदले गरेको हस्ताक्षर सर्वोच्चमा

नेपालअखबार, काठमाडौँ ।  नेपाली कांग्रेसका निवर्तमान सांसदहरूको हस्ताक्षर सर्वोच्च अदालत पुगेको छ।

Advertisement

कूल ८७ जनामध्ये ६५ जनाको हस्ताक्षरसहित पूरक निवेदन सर्वोच्च अदालत पुगेको हो।

Advertisement
Advertisement

कांग्रेसका थप सांसदहरूले हस्ताक्षर वारेस पूर्वमहान्यायाधीवक्ता खम्मबहादुर खातीमार्फत दर्ता गराएको सर्वोच्च अदालतका सहरजिस्ट्रार एवं प्रवक्ता अर्जुनप्रसाद कोइरालाले जानकारी दिए।

Advertisement

‘थप हस्ताक्षरसहित निवेदन आएको छ। भोलि पूरक निवेदनसहित पेसी चढ्छ,’ उनले भने।

यसअघि कांग्रेसको विघटित प्रतिनिधिसभा संसदीय दलका प्रमुख सचेतक श्यामकुमार घिमिरे, सचेतक सुशीला थिङसहित ८ जनाले मंसिर २३ गते सर्वोच्चमा रिट दर्ता गरेको थियो।

रिटमा सर्वोच्चले कारण देखाउ आदेश जारी गरेको छ। यसमै स्वतन्त्र निवर्तमान सांसद योगेन्द्र मण्डल, जसपा र जनमतका एक एक जना सांसदले पनि प्रतिनिधि सभा पुनर्स्थापनाका पक्षमा हस्ताक्षर गरेका छन्।

यस्तै नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौला, सचेतक सुनीता बरालले पनि रिट दिएका थिए। एमालेकै अन्य सांसदहरूले पनि पुनर्स्थापनाको माग गरी हस्ताक्षर बुझाएका छन्। यसरी हस्ताक्षर बुझाउने विभिन्न दलका निवर्तमान सांसदहरूको संख्या १४३ पुगेको हो।