Saturday, May 2

मोटरसाइकल दुर्घटनामा क्रिकेटर मिनष थापाको मृत्यु

नेपालअखबार,काठमाडौँ । कोशी प्रदेशका क्रिकेट खेलाडी मिनश थापाको सवारी दुर्घटनामा निधन भएको छ । कोशी प्रदेश क्रिकेट संघका अनुसार थापाको दुर्घटनामा  निधन भएको हो ।

कोशी प्रादेशिक क्रिकेट संघले थापाको निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ ।

Advertisement

‘मिनाश कोशी प्रदेशको क्रिकेट विकासमा महत्त्वपूर्ण योगदान दिने एक प्रतिभाशाली खेलाडी हुनुहुन्थ्यो । उहाँको असामयिक निधनले नेपाली क्रिकेट, विशेषगरी कोशी प्रदेशले एक उज्ज्वल भविष्य बोकेको खेलाडी गुमाएको छ,’ सङ्घले जारी गरेको शोक विज्ञप्तिमा भनिएको छ ।