Wednesday, July 29

आयोगमा राष्ट्रिय सभा चुनाव लक्षित सुरक्षा ब्रिफिङ

नेपालअखबार, काठमाडौं ।  राष्ट्रिय सभाको निर्वाचनलाई लक्षित गरेर निर्वाचन आयोगको कार्यालयमा सुरक्षा निकायका प्रतिनिधिहरू बोलाएर छलफल गरिएको छ ।

Advertisement

आयोगले चार वटै सुरक्षा निकायका प्रतिनिधिलाई बोलाएर आाइतबार आयोगमा करिब १ घण्टा सुरक्षाबारे ब्रिफिङ लिएको हो । ११ माघमा राष्ट्रिय सभाको निर्वाचन हुँदैछ । त्यसैमा आधारित रहेर आयोगले आज छलफल गरेको हो ।

Advertisement
Advertisement

कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारी, गृह सचिव रामेश्वर दंगाल, रक्षा सचिव केदारनाथ शर्मा, नेपाली सेनाका रथी प्रदीपजंग केसी, नेपाल प्रहरीका एआईजी उमा चतुर्वेदी, सशस्त्रका एआईजी गणेश ठाडा मगर, राष्ट्रिय अनुसन्धान विभागका एआईजी ओम जोशी छलफलमा सहभागी थिए ।

Advertisement

यही १६ पुसदेखि सात वटै प्रदेश कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय राखेर राष्ट्रिय सभाको निर्वाचन तयारी सुरु गरिँदैछ ।