Sunday, April 26

जापानकी प्रधानमन्त्री ताकाइची नै गरिन् संसद भवनमा महिला शौचालय थप्न माग

नेपालअखबार, काठमाडौँ । प्रधानमन्त्री सनई ताकाइचीले सहित जापानका झण्डै ६० जना महिला सांसदहरूले संसद भवनमा शौचालयको संख्या थप गर्न माग गरेका छन्।

पुरूष प्रधान जापानको केन्द्रीय संसद ‘डायट’ को मुख्य बैठक हल नजिकै महिलाका लागि दुई वटा मात्र कोठा भएको एउटै शौचालय छ।

Advertisement

परम्परागत रूपमा पुरूष मात्रै सांसद हुने भए पछिल्लो समयमा महिला सांसदको संख्या पनि केही बढ्न थालेको छ।

पछिल्लो निर्वाचनमा ७३ जना महिला तल्लो सदनका लागि निर्वाचित भएका थिए। भर्खरै ताकाइची जापानको पहिलो महिला प्रधानमन्त्री बनेकी थिइन्।

तर एक पटकमा दुई महिलाले मात्रै शौचालय प्रयोग गर्न मिल्ने भएकाले हरेक बैठकअघि उनीहरूले लामो लाम लाग्नुपर्ने हुन्छ। त्यसैले महिलाहरूको बढ्दो प्रतिनिधित्व अनुसार शौचालय थप्न भनेर प्रधानमन्त्री ताकाइचीले सहित झण्डै ६० जना महिला सांसदहरूले गर्दै निवेदन दर्ता गराएको द गार्डियनले जनाएको छ।

जापानको संसद भवन सन् १९३६ मा निर्माण सम्पन्न भएको थियो।

दोस्रो विश्व युद्धमा जापानको पराजयपछि सन् १९४५ डिसेम्बरमा मात्र महिलाहरूले मतदानको अधिकार पाएका थिए।

जापानी मिडिया अनुसार तल्लो सदनको पूरै भवनमा पुरूषका लागि ६७ वटा स्टल सहित १२ वटा शौचालय छन् भने महिलाका लागि जम्मा २२ वटा कोठासहित ९ वटा शौचालय मात्र छन्।

त्यसैले प्रधानमन्त्री ताकाइची सहित झण्डै ६० जना महिला सांसदहरूले शौचालयको संख्या थप्न माग गरेका हुन्।