Friday, July 10

विघटित प्रतिनिधि सभा पुनर्स्थापना हुने सम्भावना छ- सभामुख देउवा

नेपालअखबार,काठमाडौं ।  प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले विघटित प्रतिनिधि सभा पुनर्स्थापना  पुनस्र्थापनाको सम्भावना रहेको बताएका छन्।

Advertisement

संसद विघटन सम्बन्धि मुद्दा सर्वोच्च अदालतमा विचारधीन अवस्थामा रहेका बेला उनले अदालतबाट पुनर्स्थापना हुने सम्भावना रहेको बताएका हुन्।

Advertisement
Advertisement

मंगलबार झापा क्षेत्र नम्बर २ मा आयोजित अन्तर्क्रिया कार्यक्रममा बोल्दै सभामुख घिमिरेले संसद भंग गरेर संविधानलाई जबरजस्त लिक बाहिर पुर्‍याउने काम गरिएको बताएका हुन्।

Advertisement

उनले संविधान र कानूनअनुसार आफूले आगामी फागुन ५ गतेसम्म पदीय जिम्मेवारी निर्वाह गर्नुपर्ने अवस्था रहेको जिकिर गर्दै सोहीअनुसार अघि बढीरहेको दाबी समेत गरे।

‘भदौ २७ गते राति करिव ११ बजेको आसपासमा संसद जबरजस्त भंग गरिएको छ । संविधान त्यस मानेमा लिकभन्दा बाहिर लगिएको छ । तर सभामुखको संविधान र कानूनसम्मत अवधि रहेकाले गर्दा अब हुने भनिएको आम निर्वाचन २१ फागुन भन्दा अगाडि फागुन ५ गतेसम्म अवधि रहेकाले गर्दा मैले सोही पदीय हैसियतमा बस्नुपरेको हो,’ उनले भने।

सभामुख घिमिरेले आगामी निर्वाचनमा भाग लिने वा नलिने भन्ने कुरा पनि पदीय जिम्मेवारीका कारण आफू टुंगोमा पुग्ने अवस्था नरहेको समेत स्पष्ट पारे।  –न्युज एजेन्सी नेपाल