Friday, March 13

दुई संसदीय समितिको बैठक बस्दै

नेपालअखबार, काठमाडौँ । आज राष्ट्रिय सभाअन्तर्गतका दुई वटा समितिको बैठक बस्दैछ । जसअनुसार बिहान साढे ११ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा पर्यटन विधेयक, २०८१ मा दफावार छलफल हुनेछ ।त्यस्तै, दिउँसो १ बजे बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा समितिको छैटौं वार्षिक प्रतिवेदन २०८१/२०८२ सम्बन्धमा छलफल हुनेछ ।

Advertisement