Friday, February 20

गोली चलाएर प्रहरीले नियन्त्रणमा लियो लुटेरा समूह

नेपालअखबार,काठमाडौँ ।  काठमाडौंमा प्रहरीले लुटेरा समूहलाई नियन्त्रणमा लिन गोली चलाएको छ।

बुधबार राति काठमाडौंको मुलपानीमा लुटेरा समूहमा संलग्न व्यक्तिलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले गोली चलाएको जिल्ला प्रहरी परिसर काठमाडौंका डिएसपी कौशल बुढाथोकीले जानकारी दिए।

Advertisement

उनका अनुसार प्रहरीले काठमाडौंका विभिन्न ठाउँबाट १० जनालाई नियन्त्रणमा लिएको छ।

उनीहरूमध्ये दुई जनालाई मुलपानीमा नियन्त्रणमा लिनेक्रममा प्रहरीमाथि आक्रमण भएको डिएसपी बुढाथोकीले बताए।

त्यसक्रममा प्रहरीले गोली चलाएको उनको भनाइ छ।

ती व्यक्तिको खुट्टामा गोली लागेको छ। घाइते व्यक्तिको उपचार ट्रमा सेन्टरमा भइरहेको छ।

‘मोटरसाइकलमा आएर लुटपाट गर्ने व्यक्तिहरू पक्राउ परेका हुन्। १० जना नै एउटै समूहका हुन् वा छुट्टाछुट्टै समूहका हुन् भनेर हामीले स्क्रिनिङ गरिरहेका छौं,’ डिएसपी बुढाथोकीले भने।