Saturday, February 7

जनताको आशा र भरोसाको केन्द्र बन्दै सुनसरी क्षेत्र नं.४ का उम्मेदवार दिपक कुमार साह

मुस्ताक आलम ,लौकही । सुनसरी क्षेत्र नं. ४ को वर्तमान राजनीतिक माहोल हेर्दा एक कुरा स्पष्ट देखिन्छ—जनता अब पुरानै शैलीको राजनीति स्वीकार गर्न तयार छैनन्। घर–आँगनदेखि चोक–चौतारासम्म एउटै आवाज गुञ्जिएको छ,अब परिवर्तन चाहियो, अनुभवी र जनतासँग जोडिएको नेतृत्व चाहियो। लामो समयदेखि परम्परागत राजनीतिबाट आजित बनेका मतदाताहरू अब नयाँ सोच, इमानदार नेतृत्व र जवाफदेही प्रतिनिधिको खोजीमा छन्। यही चाहनाको प्रतिविम्बका रूपमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार दिपक कुमार साह जनताको आशा र भरोसाको केन्द्र बन्दै गएका छन्।
स्थानीय स्तरमै बसेर जनताको दुःख–सुखमा सहभागी हुँदै आएका साहले शिक्षा, स्वास्थ्य, रोजगारी र सुशासनलाई आफ्नो प्रमुख एजेन्डा बनाएका छन्। “नेतृत्व भनेको भाषण होइन, काम हो” भन्ने उनको स्पष्ट धारणा मतदातालाई आकर्षित गरिरहेको छ।
घरदैलो अभियानका क्रममा युवादेखि वृद्धसम्म, किसानदेखि व्यवसायीसम्म साहप्रति देखिएको समर्थन उल्लेखनीय छ। विशेष गरी युवाहरूले उनलाई पुरानो राजनीतिक संस्कार तोड्न सक्ने उम्मेदवारको रूपमा हेर्न थालेका छन्। भ्रष्टाचारविरुद्ध कडा अडान, पारदर्शी राजनीति र जनउत्तरदायी शासनप्रणालीप्रतिको प्रतिबद्धताले उनको लोकप्रियता बढ्दो छ।
स्थानीय मतदाताहरू भन्छन्, “हामीलाई भाषण होइन, काम गर्ने प्रतिनिधि चाहिएको हो। दिपक कुमार साहमा त्यो क्षमता देखिन्छ।” यही विश्वासका कारण सुनसरी–४ मा राष्ट्रिय स्वतन्त्र पार्टीप्रति आकर्षण बढ्दै गएको छ।
आगामी निर्वाचन नजिकिँदै जाँदा दिपक कुमार साहको उम्मेदवारीले सुनसरी क्षेत्र नं. ४ को राजनीतिक समीकरणमा नयाँ बहस र उत्साह थपेको छ। जनताको आशा र भरोसालाई व्यवहारमा उतार्न सक्ने नेतृत्वको रूपमा उनी कति सफल हुन्छन् भन्ने निर्णय अब मतपेटिकाले गर्नेछ।

Advertisement