Saturday, February 7

एमाले परित्याग गर्दै बाह्रबिसे नगरपालिकाका संस्थापक मेयर शेर्पासहित सयौँ जना नेकपामा प्रवेश

नेपालअखबार,काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा थप सयौँ कार्यकर्ता समाहित भएका छन् । नेकपा सिन्धुपाल्चोक–काठमाडौँ सम्पर्क समन्वय समिति तथा प्रतिनिधिसभा क्षेत्र नं. १ निर्वाचन परिचालन समितिद्वारा पेप्सीकोलामा आयोजित मतदाता भेटघाट तथा पार्टी समायोजन कार्यक्रममा नेकपा एमाले बार्हबिसे नगरपालिकाका संस्थापक मेयर निमफुन्ज शेर्पासहित सयौँ जना नेकपामा प्रवेश गर्नुभएको छ ।

कार्यक्रममा नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रवेश गरेकाहरूलाई पार्टीमा हार्दिक स्वागत गर्नुभयो । उहाँले पार्टीमा समाहित भएकाहरूलाई उचित जिम्मेवारी प्रदान गरिने बताउनुभयो ।

Advertisement