
नेपालअखबार, काठमाडौँ । नेपालको ९६.७ प्रतिशत घरपरिवारमा बिजुली पुगेको छ।
राष्ट्रिय तथ्यांक कार्यालयले सोमबार सार्वजनिक गरेको ‘चौथो नेपाल बहुसूचक सर्वेक्षण २०८१/८२’ले देशभर विद्युत सेवाको पहुँच उल्लेखनीय रूपमा विस्तार भएको देखाएको हो।
सर्वेक्षणले ९६.७ प्रतिशत घरपरिवारमा विद्युत सेवाको निरन्तर स्रोतमा पहुँच पुगेको देखाएको हो।
बिजुलीको ठूलो हिस्सा राष्ट्रिय प्रसारण लाइन (ग्रिड) सँग जोडिएको छ भने केही दुर्गम क्षेत्रमा लघु जलविद्युत वा सोलार लगायत प्रयोग भइरहेको छ।
बिजुलीमा पहुँच बढेको देखिए पनि धेरैले उज्यालोका लागि प्रयोग गर्ने गरेको देखिन्छ। खाना पकाउनका लागि यसको प्रयोग अझै कम छ।

