
नेपालअखबार,काठमाडौं । पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल जनताको निम्ति तन समर्पित जननेता हुनु हुन्छ । नेपालको लोकतान्त्रिक आन्दोलनका अथक योद्धा, निष्ठा, त्याग र समर्पणका प्राय जनप्रिय नेता, मुलुकका पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपाल नेपाली कम्युनिष्ट आन्दोलनका शीर्ष र आदर्श नेता हुनुहुन्छ । उहाँको संघर्षपूर्ण र उत्प्रेरक जीवन वर्तमान नेपाली राजनीतिको निम्ति जिउँदो इतिहास र भविष्यका निम्ति महत्वपूर्ण दस्तावेज हो । उहाँ राष्ट्रको निम्ति जीवन समर्पित गर्नु भएको छ । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि रौतहट, क्षेत्र नं.१बाट प्रत्यक्ष उम्मेवार हुनु हुन्छ ।
उहाँको परिचय
बाल्यकाल
कमरेड माधवकुमार नेपालले आफ्नो जीवन नै देश, जनता र श्रमजीवि जनताको मुक्तिका लागि समर्पित गर्नु भएको छ । जसको संघर्षपूर्ण राजनीतिक जीवन अनुकरणीय र उत्प्रेरक छ । निजी जीवन र सुखलाई त्यागेर आम नागरिकको मुक्तिका लागि उहाँले गर्नुभएको संघर्षका श्रृङ्खला प्रेरणादायी छन् । २००९ साल फागुन २३ गते पिता मंगलकुमार उपाध्याय र माता दुर्गादेवी उपाध्यायको कोखबाट उहाँले यो धर्तीमा पदार्पण गर्नुभएका हो । एक दिदी तथा दुई बहिनी भएका नेपाल तीन दाजुभाई मध्ये सबैभन्दा जेठो हुनुहुन्छ । उहाँ भूमिगत रहेकै बेला २०३८ साल मंसिर ३ गते तात्कालिन समयमा विद्यार्थी राजनीतिमा सक्रिय गायत्री आचार्यसँग उहाँको शुभ विवाह सम्पन्न भएको थियो भने उहाँहरूका छोरी सुमन तथा छोरा सौरभ गरी दुई सन्तान हुनुहुन्छ ।
पिता मंगलकुमार उपाध्याय शिक्षासेवीका रूपमा जिल्लामा स्थापित हुनुहुन्थ्यो । उहाँलाई सवैले गुरू भनेर सम्बोधन गर्दथे । उहाँको बाल्यकाल सुख र खुसीका साथ रौतहट जिल्लाको गौरमा बित्यो । उहाँ त्यस समयमा बेलाबेला सिरहाको थलाहामा रहेको मामाघरमा जाने आउने गर्नुहुन्थ्यो ।
शिक्षा÷दिक्षा
गौर स्थित गाउँबाटै प्रारम्भिक शिक्षा आरम्भ गर्नुभएका नेपालको अध्ययन अनुभूति निक्कै रोचक छ । जतिबेला उहाँ स्थानीय प्राथमिक विद्यालयमा कखरा सिक्नुहुन्थ्यो । अध्ययनमा उहाँ सँधै अब्बल हुनुहुन्थ्यो । गौरको श्री जुद्ध माध्यमिक विद्यालयबाट उहाँले २०२३ सालमा प्रवेशिका परीक्षा उतीर्ण गर्नुभयो । उहाँ औपचारिक अध्ययनमा मात्रै सिमित हुनुहुन्थेन, त्यति बेलादेखि भेटेजति पुस्तक पढ्नुहुन्थो । गौरस्थित कलाकुञ्ज पुस्तकालयको सदस्य बनेर उहाँले आफ्नो अध्ययनको दायरालाई थप बढाउनुभयो । सोही समयमा उहाँले राहुल साङ्कृतायन, यशपाल, गुरूदत्त, शिव बर्मा, राम आसरे बर्मा, मेक्सिम गोर्की, चीनियाँ कम्युनिष्ट पार्टीका प्रकाशन एवम् विश्व कम्युनिष्ट आन्दोलनका नेताहरूका विचार तथा जीवनीहरूबारे अध्ययन गरिसक्नु भएको थियो । २०२२ सालमै १३ वर्षको उमेरमा उहाँले प्रगतिशील साहित्यको अध्ययन सुरू गर्नुभयो । एसएलसीपछि उहाँले केही समय भारतको सीतामढी स्थित श्री गोयन्का कलेजमा भर्ना भई अध्ययन गर्नुभयो । त्यसपछि नेपाल फर्केर गौरस्थित भूमि प्रशासन कार्यालयमा केही समय काम गर्नुभयो । उच्च शिक्षा अध्ययनको लागि उहाँ २०२५÷२६ सालमा वीरगञ्जस्थित ठाकुरराम बहुमुखी कलेजमा भर्ना हुनुभयो । कलेज पढ्ने क्रममा उहाँ राजनीतिक गतिबिधिहरूमा संलग्न हुनुभयो । ठाकुरराम बहुमुखी कलेजबाटै उहाँले वाणिज्यमा प्रमाणपत्र तहउतिर्ण हुनुभयो । प्रमाणपत्र तहको अध्ययन सकेपछि उहाँले काठमाडौँमा अध्ययन सुरू गर्नुभयो र सोही समयमा उहाँ नेपाल बैंक लिमिटेडमा सेवाका लागि छनोट भई मिल्स एरिया विराटनगरमा रहेको उक्त बैंकको शाखामा काम सुरू गर्नुभयो । विराटनगरमा उहाँ स्नातक तह अध्ययनको निरन्तरताका लागि महेन्द्र मोरङ क्याम्पसमा भर्ना हुनुभयो । उक्त क्याम्पसबाट उहाँले वाणिज्यमा स्नातक तह उत्तिर्ण गर्नु भएको थियो ।
राजनीतिक यात्रा
यसरी औपचारिक÷अनौपचारिक अध्ययन, वाणिज्यतर्फको सेवासँगै बढेको चेतना र तत्कालिन समयमा समाजमा रहेको विभेद र अन्यायले मस्तिष्कमा पारेको गहिरोछापका कारण उहाँ राजनीतितर्फ होमिनु भयो । उहाँले जनताको पक्षमा संघर्ष गर्ने निष्कर्ष निकाल्नुभयो र जनताको मुक्तिका निम्ति दृढ, संकल्पित बनेर जीवन समर्पित गर्ने निर्मम निर्णय गर्नुभयो । २०२६ सालमै नेपाल कम्युनिष्ट पार्टी (पुष्पलाल समूह) को सदस्यता प्राप्त गरी सक्रिय कार्यकर्ताको रूपमा राजनीतिक जीवन सुरू गर्नुभएको हो । उहाँ २०२६ सालमै
स्वतन्त्र विद्यार्थी संघको विधान मस्यौदा समितिको सदस्यमा निर्वाचित हुनुभयो । विराटनगरमा उहाँले अध्ययन र बैंकको जागिरसँगै मजदुरहरूलाई प्रशिक्षित र संगठित गर्ने कामको पनि नेतृत्व गर्नुभएको थियो । बिहान कलेजको अध्ययन, दिउँसो बैंकमा जागिर र साँझको समय मजदुरहरूको बिचमा संगठन तथा प्रशिक्षण दिने काममा उहाँको दिनचर्या बित्ने गथ्र्यो ।
२०२८ सालमा उहाँ संगठन विस्तारका लागि काठमाडौँ आउनुभएको थियो । पछि उहाँ विराटनगरमा नेपाल क्रान्तिकारी संगठन (माले) मोरङमा आवद्ध भइ राजनीतिक गतिविधि अघि बढाउन थाल्नुभयो । भारतीय नक्सलवादी आन्दोलनकोप्रभावमा परेको झापा जिल्ला कमिटी (नेकपा) र नेपाल क्रान्तिकारी संगठन (माले) मोरङद्वारा देशभरिका माक्र्सवादी–लेनिनवादी कम्युनिष्ट क्रान्तिकारीहरूलाई समन्वय गर्ने उद्देश्यले २०३१ जेठ १४ मा विराटनगरमा रहेको डेराबाटै उहाँसमेतको हस्ताक्षरमा संयुक्त अपिल जारी भएको थियो । यही अपिलको आधारमा झापा र मोरङका क्रान्तिकारीहरूले देशका विभिन्न स्थानमा रहेका स्वतन्त्र र विद्रोही क्रान्तिकारीहरूसँग छलफल अघि बढाएका थिए । यसैको परिणाम स्वरूप क्रान्तिकारी युवाहरूको अगुवाइमा २०३२ साल जेठमा विराटनगरको महेन्द्र मोरङ क्याम्पस अगाडी एकजना मजदुर नेता बस्ने घरमा भएको भेलाबाट अखिल नेपाल कम्युनिष्ट क्रान्तिकारी कोअर्डिनेशन कमिटी (माक्सवादी लेनिनवादी) छोटकरीमा कोअर्डिनेशन केन्द्र (को.के.) को स्थापना भयो ।
उहाँ कोअर्डिनेसन केन्द्रको संस्थापक पोलिटब्युरो सदस्य हुनुहुन्थ्यो । कोअर्डिनेसन केन्द्रले देशका विभिन्न भागमा क्रियाशील रहेका बामपन्थी पार्टी तथा नेताहरूसँग वार्ता र संवाद गर्दै मोरङमा प्रथम राष्ट्रिय सम्मेलन गरी २०३५ सालमा नेकपा (माले) स्थापना भयो । यसको व्यवस्थापन गर्ने जिम्मेवारी कमरेड मदन भण्डारीलाई दिइएको थियो । उहाँ नेकपा (माले) को पनि संस्थापक पोलिटव्युरो सदस्य हुनुहुन्थ्यो ।
२०३२ सालमा तत्कालीन पञ्चायती सरकारले उहाँलाई धनुषाको मुरिवाबाट पक्राउ गर्यो र राजकाज अपराध ऐन अन्तर्गत दुई वर्ष कारावासमा राख्यो । भुमिगतकालमा उहाँले मूल रूपमा मोरङ, धनुषा, रौतहट र काठमाडौँका विभिन्न स्थानलाई कार्यक्षेत्र बनाएरकाम गर्नुभएको थियो । २०३१ चैत्रदेखि २०४६ चैत्रसम्म उहाँ भूमिगत रूपमा पार्टी निर्माणको काममा लाग्नुभयो । भूमिगतकालमा उहाँले जनताको प्रगाढ माया पाउनुभयो । भूमिगत राजनीतिकै क्रममा उहाँले विभिन्न महत्वपूर्ण जिम्मेवारीमा रहेर कुशलतापूर्वक पार्टी नेतृत्व
गर्नुभयो । त्यतिबेलै जनताको राज्यसत्ता स्थापना गर्न सशस्त्र क्रान्ति मात्र होइन, जनताको मतको पनि ठूलो भूमिका रहन्छ भन्ने विश्वास उहाँमा थियो । उहाँले वाममोर्चाको केन्द्रीय सदस्यका रूपमा कम्युनिष्ट शक्तिहरूलाई एकतावद्ध गर्ने कामको नेतृत्व गर्नुभयो । २०४६ सालमा ३० वर्षदेखिको एकतन्त्रीय निरंकुश पञ्चायती व्यवस्था अन्त्य गर्न उहाँको उक्त कदम कोशेढुङ्गा सावित भयो । २०४६ सालमा उहाँ संयुक्त वाममोर्चाको सदस्य तथा पञ्चायती व्यवस्था विरूद्ध जनआन्दोलनको हाइकमाण्डको सदस्य हुनुहुन्थ्यो ।
संसदीय यात्रा
२०४७ सालको संविधान निर्माणमा उहाँले संयुक्त वाममोर्चाका तर्फबाट संविधान सुझाव आयोगको सदस्यको जिम्मेवारीमा रहेर संविधान निर्माणमा महत्वपुर्ण भुमिका निर्वाह गर्नुभएको थियो । उहाँमा माथिल्लो सदन राष्ट्रिय सभाको प्रमुख प्रतिपक्षी दलको नेता भएको अनुभव पनि छ । वि.सं. २०४८ सालमा राष्ट्रियसभा सदस्यमा निर्वाचित उहाँ राष्ट्रिय सभामा प्रमुख प्रतिपक्षी दलको नेता हुनुभयो । त्यतिबेलै उहाँले राष्ट्रिय विकास परिषद् र राष्ट्रिय जलस्रोत विकास परिषद्को सदस्यसमेत भएर काम गर्नुभयो ।
नेपाल वि.सं.२०५० जेठ देखि २०६५ बैशाखसम्म तत्कालीन नेकपा एमालेको महासचिव हुनुहुन्थ्यो । पाँचौ महाधिवेशनको लगत्तै पछि भएको तात्कालिन महासचिव मदन भण्डारीको दुःखद निधन पश्चात एवम् छैठौँ र सातौँ महाधिवेशनबाट उहाँले महासचिव पदको जिम्मेवारी सम्हाल्नुभएको थियो । एमालेमा सर्वमान्य नेताका रूपमा मनमोहन अधिकारी अध्यक्ष रहे पनि पार्टी कमाण्ड नेपालले सम्हाल्नु भएको थियो ।
उहाँले नेतृत्व सम्हालेको अर्को वर्ष, २०५१ को मध्यावधि निर्वाचनमा एमाले पहिलो पार्टी बन्यो । अल्पमतको भए पनि देशको पहिलो कम्युनिष्ट सरकार गठन भयो । एमालेका तत्कालिन अध्यक्ष मनमोहन अधिकारीको नेतृत्वमा रहेको मन्त्रिमण्डलमा उहाँ २०५१ मंसिरदेखि २०५२ भदौसम्म परराष्ट्र र रक्षा मन्त्रालयको कार्यभारसहित उपप्रधानमन्त्री हुनुभयो । सरकार मनमोहन अधिकारीको नेतृत्वमा रहेपनि पार्टी केन्द्रीय कमिटीले नै उहाँलाई सरकार सञ्चालनको जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको थियो । तत्कालिन सरकार सञ्चालनले जनता र समाजमा गहिरो सकारात्मक छाप छाडेको छ । त्यसबेला सुरू गरिएका केही उदाहरणीय कार्यक्रमको लाभ आम जनताले लिइरहेका छन् भने त्यसको जस पार्टीले अहिलेसम्म लिइरहेको छ ।
२०४८ देखि २०५६ सालसम्म राष्ट्रियसभा सदस्य तथा प्रमुख प्रतिपक्षी दलका नेता रहनुभएका नेपाल २०५६ मा रौतहट जिल्ला निर्वाचन क्षेत्र नं १ जिल्लाबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभयो र प्रमुख प्रतिपक्षी दलको नेता बन्नुभयो । उहाँ २०६५ मा विशेष परिस्थितिका कारण पार्टी केन्द्रीय कमिटीको निर्णयका आधारमा र २०७० मा रौतहट जिल्ला निर्वाचन क्षेत्र नं १ एवम् काठमाडौँ जिल्ला निर्वाचन क्षेत्र नं. २ बाट संविधानसभा सदस्यमा निर्वाचित हुनुभयो । उहाँ २०७२ मा नयाँ संविधान जारी भएपश्चात २०७४ मा काठमाडाँै जिल्ला क्षेत्र नं २ बाट र २०७९ मा रौतहट जिल्ला निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा पुनः निर्वाचित हुनुभयो ।
शान्ति प्रक्रिया र द्वन्द्व व्यवस्थापन
२०५२ साल फागुन १ गतेदेखि शसस्त्र युद्धमा होमिएको तत्कालिन विद्रोही पक्ष माओवादी र तत्कालिन राज्यसत्तालाई शान्तिको मार्गमा हिडाउनका निम्ति उहाँले महत्वपूर्ण भूमिका खेल्नु भएको इतिहास साक्षि छ । गृह युद्धको दलदलमा फसेको मुलुकलाई शान्तिको मार्गमा हिडाउने काम तत्कालिन समयमा सजिलो थिएन । तर, उहाँको दृढ इच्छाशक्ति, निडर पन र कठोर संकल्पले मुलुकलाई शान्ति प्रक्रियाको मार्गमा डोहो¥याउन र द्वन्द्व व्यवस्थापन सम्भव भएको थियो ।
माओवादीको उग्रवामपन्थी विचारधारा र तत्कालिन राजा ज्ञानेन्द्र शाहको दक्षिणपन्थी प्रवृत्तिको निशानाबाट पार्टीलाई जोगाएर ल्याउनुभएका नेपालले २०६२÷६३ को जनक्रान्ति सफल बनाउन तथा विस्तृत शान्ति सम्झौता हुँदै माओवादीलाई खुला राजनीतिमा ल्याउन नेतृत्वदायी भूमिका खेल्नुभयो । २०६२ साउनमा भएको पार्टीको केन्द्रीय कमिटीको सातौँ बैठकमा उहाँ दृढताका साथ गणतन्त्रको पक्षमा उभिनुभई गणतन्त्र स्थापनार्थ आन्दोलन गर्ने निर्णय गराउनुभएका नेपालले सिंगो पार्टीलाई परिचालन गरी देशव्यापी आन्दोलनको आँधी बेहरी सृजना गर्न र नयाँ तरङ्ग सृजना गर्न अगुवाई गर्नुभएको थियो । सोही क्रममा नेपाली काँग्रसलाई गणतन्त्रको पक्षमा दृढताकासाथ उभ्याउन उहाँले महत्वपूर्ण पहलकदमी लिनुभएको थियो । राजतन्त्र कालमा लामो समय प्रहरीको थुना तथा घरमै नजरबन्द हुनुभएको थियो । जनआन्दोलनको समयमा तत्कालिन शीर्षनेताहरू मध्ये सवैभन्दा धेरै समय थुना तथा नजरबन्द हुने नेता उहाँ हुनुहुन्थ्यो ।
२०६२÷०६३ को ऐतिहासिक जनक्रान्तिमा उहाँले देशको शीर्ष नेताको रूपमा नेतृत्व गर्नुभएको थियो । २०६४ मा भएको पहिलो संविधानसभा निर्वाचनमा
माओवादीको राप र तापले एमालेको पराजय भएपछि उहाँले नैतिक जिम्मेवारी लिएर महासचिवको पदबाट राजीनामा दिनुभयो । उहाँ संविधानसभा बाहिरै रहेपछि तत्कालीन प्रधानमन्त्री एवं माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाको औपचारिक आग्रह तथा पार्टी केन्द्रीय कमिटीको निर्णयपछि संविधानसभा सदस्य बन्नुभयो । संविधान निर्माणमा नेपालको समन्वयकारी भूमिका नभई नहुने भन्दै उहाँलाई संविधानसभामा पुर्याइएको थियो । त्यसपछि उहाँ संविधानको मस्यौदा तयार पार्ने संवैधानिक समितिको सभापति हुनुभयो ।
देशको निम्ति माधव नेपाल
माधवकुमार नेपाल वि.स.२०६६ जेठ ११ गतेदेखि २०६७ माघ २२ सम्म मुलुकको प्रधानमन्त्री हुनुभयो । नेपाल नेतृत्वको सरकारले मुलुकका निम्ति दीर्घकालिन महत्व बोकेका कामहरू भएका छन् । जस्तैः काठमाडौँ–तराई द्रूतमार्ग, हुलाकी राजमार्ग निर्माण, निजगढ अन्तर्राष्ट्रिय विमानस्थल, लुम्बिनी र पोखरामा अन्तर्राष्ट्रिय र क्षेत्रीय स्तरका विमानस्थलहरू, मध्यपहाडी (पुष्पलाल) लोकमार्ग, माथिल्लो तामाकोशी जलविद्युत आयोजना, पहाडी क्षेत्रमा १० ठूला शहर निर्माण परियोजना जस्ता भौतिक पूर्वाधारका कार्यका साथै जनता आवास कार्यक्रम, सुरक्षित बिमा कार्यक्रम, प्रधानमन्त्री कार्यालयमा महिला हिँसा विरूद्धको इकाई स्थापनालगायत सामाजिक सुरक्षाका क्षेत्रमा उल्लेखनीय कामहरू भएका छन् ।
मुलुकको भौतिक तथा पूर्वाधार क्षेत्रको विकाससँगै शान्ति तथा संक्रमणकालिन न्यायका कामहरूसमेत सम्पन्न भएका थिए । तत्कालिन राष्ट्रपति डा.रामवरण यादवसँगको साथ, समन्वय र सहयोगमा उहाँले नेपालबाट अनमिन बिदाई जस्तो कठिन काम गर्नुभएको थियो । तत्कालिन सयममा माओवादी लडाकु समायोजन, हतियार व्यवस्थापन, संक्रमणकालिन न्यायको कामसँगै अस्थिर राजनीतिका बिचबाट देशको नेतृत्व गर्नुपर्ने कठिन काम उहाँले सहजै पार लगाउनु भएको थियो । आजका दिनमा पनि संक्रमणकालिन न्यायका काम पूरा भइसकेका छैनन् । शान्ति प्रक्रियाको एक जीवित पात्र हुनुको नाताले मुलुकको शान्ति, स्थिरता, विकास, समृद्धि, सुशासन र रोजगारीको क्षेत्रमा उहाँको सान्दर्भिकता र अपरिहार्यता बाँकी छ ।
२०७५ साल जेठ ३ गते नेपालका दुई ठूला कम्युनिष्ट पार्टी एकतावद्ध भई गठन भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा उहाँ वरिष्ठ नेता हुनुभयो । संसदमा
झण्डै दुई तिहाईको बहुमत पाएको एकीकृत पार्टीमा देखिएको व्यक्तिवादी र निरंकुशतावादी प्रवृत्ति विरूद्ध उहाँले वैचारिक संघर्ष गर्नुभयो ।
संविधान मिचेर संसद विघटन गरिएपछि विद्रोहको आवश्यकता महशुस गर्नुभयो र कम्युनिष्ट आन्दोलनलाई पुनर्गठित गर्ने ध्येयका साथ २०७८ भदौ २ गते नेकपा (एकीकृत समाजवादी) गठन गर्नुभयो । झण्डै तीन दशक अविच्छिन्न रूपमा शीर्ष, पहिलो वा दोस्रो स्थानमा रहेर नेकपा एमाले पार्टी निर्माताका रूपमा रहनुभएका नेपालले उक्त पार्टीबाट विद्रोह गरी नयाँ पार्टी गठन गर्नुभएको हो ।
नेपाली कम्युनिष्ट आन्दोलनलाई यो उचाईमा ल्याईपु¥याउन निरन्तर संघर्षरत नेता माधवकुमार नेपालको जीवन आदर्श वा पहिचान भनेको निष्ठा, स्वच्छता, इमानदारिता, क्रियाशीलता, दृढ अडान एवम् सदैव देश र जनताको हितमा केही गरौं भन्ने हुटहुटी हो । सादगीपूर्ण जीवन जिउने, निष्ठावान्, दृढ संकल्पित, अनुशासित, विधि र पद्धतिप्रति इमानदार नेताको रूपमा उहाँ नेपालको राजनीतिमा स्थापित हुनुहुन्छ ।
सन्तुलित अन्तर्राष्ट्रिय सम्बन्धका बारेमा सचेत नेता नेपाल समकालिन नेताहरू मध्ये सबैभन्दा फराकिलो अन्तर्राष्ट्रिय सम्वन्ध भएका नेता हुनुहुन्छ । विश्वका धेरै कम्युनिष्ट, समाजवादी तथा प्रजातान्त्रिक पार्टीहरू एवम् नेताहरूसँग सुमधुर सम्वन्ध भएका नेता नेपाल विभिन्न क्षेत्रीय र अन्तर्राष्ट्रिय संस्थाहरूमा आवद्ध हुँदै झण्डै ६० देशको भ्रमण गर्नुभएको छ । साथै उहाँले मुलुकको प्रतिनिधित्व गर्दै दर्जनौं अन्तर्राष्ट्रिय सेमिनारहरूलाई सम्बोधन गर्नुभएको छ । विश्वभरका झण्डै ३ सय ५० राजनीतिक पार्टीहरू सदस्य रहेको इन्टरनेसनल कन्फरेन्स अफ एसियन पोलिटिकल पार्टी, (आई क्याप) नामक अन्तर्राष्ट्रिय संस्थाको संस्थापक समेत हुनुहुन्छ ।
पर्यावरण र जलवायु परिवर्तन सम्बन्धमा गहिरो रूची राख्नुहुने नेता नेपालले आफ्नो प्रधानमन्त्रीत्व कालमा विश्वकै अग्लो शीखर सगरमाथाको आधार शिविर कालापत्थरमा मन्त्रिपरिषद् वैठक राखी जलवायु परिवर्तन र यसका नकारात्मक असरहरूबारे विश्व समुदायको ध्यानाकर्षण गराउनुभएको थियो । विश्व राजनीति र कम्युनिष्ट राजनीतिबारे यथेष्ट ज्ञान हाँसिल गर्नुभएका नेपालको राजनीतिक विश्वास वा आदर्श भनेको समाजवाद हो । अहिले पनि उहाँमा नेपाली समाजको समृद्धि र रूपान्तरण एवम् अन्तर्राष्ट्रिय रूपमा नेपालको प्रतिष्ठा उच्च बनाउने अनेकौं सोंच तथा अवधारणाहरू विद्यमान छन् ।
हरकुनै कठिन मोडमा पनि निडर भएर सृर्जनशील सोचका साथ अघि बढिरहनु भएका नेपालको जीवन समकालिनहरूका लागि मात्र होइन, नयाँ पुस्ताका लागि समेत प्रेरणाको स्रोतको रूपमा रहेको जीवन छ । जसको आधारमा नेपाली जनताले नेता नेपाललाई इतिहासका विभिन्न कालखण्डमा स्मरण गर्नेछन् ।
मधेशका निम्ति माधव नेपाल
मधेश प्रदेश नेपालको एक बहुआयामिक र विराट सभ्यता बोकेको प्रदेश हो । मधेशमा बोलिने भाषा, धर्म, परम्परा, संस्कृति, पर्व आदिको संरक्षण र प्रवद्र्धन गर्ने काममा नेता नेपालको अतुलनीय साथ, सहयोग र भूमिका रहेको छ । मधेशको साँस्कृतिक र धार्मिक परम्पराको संरक्षणको काम मात्रै नभएर, मधेशको भौतिक पूर्वाधार क्षेत्रको समेत विकासमा माधवनेपालको ठूलो भूमिका रहेको छ । सडक, स्वास्थ्य, शिक्षा, रोजगारी सिर्जना गर्नेदेखि सबैखाले विभेद, शोषण, दमन जस्ता सामाजिक कुरितीको न्यूनीकरण गर्र्ने काममा उहाँको भूमिका उत्तिकै छ ।
हुलाकी राजमार्ग निर्माणको थालनी नेता नेपाल प्रधानमन्त्री भएकै समयमा भएको थियो । २०५० सालमा सितानन्दन रायको अध्यक्षमा तराईं समस्या अध्ययन कार्यदल गठन, नागरिकता र सुकुम्बासी समस्या समाधानको पहल, २०५१ सालमा मदरसा अध्ययन कार्यदल गठन, सोही समयमा मधेशी महिला र दलितलाई नेपाली सेनामा भर्नाको नीतिगत व्यवस्था गरेको, पहिलो पटक राजविराजमा मधेशी समुदायका निम्ति नेपाली सेनामा भर्नाको व्यवस्था गरिएको थियो ।
रौतहटका निम्ति माधव नेपाल
नेता नेपालले सिंगो मुलुकको लोकतन्त्र, राष्ट्रियता, जनजीविका, स्वतन्त्रता, समानता, प्रेस स्वतन्त्रता, सामाजिक न्यायको क्षेत्रमा मुलुकको नेतृत्वदायी भूमिका रहेको बेला तमाम कामहरू गर्नु भएको छ । जसको चर्चा माथि गरिसकिएको छ ।
माधवकुमार नेपाललाई भोट किन ?
केन्द्रीय स्तरमा,
राष्ट्र एवमराष्ट्र एवम् सरकारको नेतृत्व गर्दै संविधान निर्माण र शान्ति सरकारको नेतृत्व गर्दै संविधान निर्माण र शान्ति प्रक्रियाका अनुभवको आधारमा सुशासन रप्रक्रियाका अनुभवको आधारमा सुशासन र समृद्धितर्फ मुलुकलाई समृद्धितर्फ मुलुकलाई अघि बअघि बढाउन । ढाउन ।
हामीले उठाउँदै आएकाहामीले उठाउँदै आएकोे र नव युवाहर नव युवाहरूरूको आन्दोलनले समेत माग को आन्दोलनले समेत माग गरेको भ्रष्ट्राचारको अन्त्य, शुसानको प्रत्याभूति र स्वदेशमै व्यापक गरेको भ्रष्ट्राचारको अन्त्य, शुसानको प्रत्याभूति र स्वदेशमै व्यापक रूरूपमा रोजगारी सृजना गर्नेपमा रोजगारी सृजना गर्ने काममा ठोस पहलकदमी लिन ।काममा ठोस पहलकदमी लिन ।
तीनै तहका सरकारका कामलाई प्रभावकारी एवमतीनै तहका सरकारका कामलाई प्रभावकारी एवम्् सहज बनाउन सहज बनाउन आवश्यक कानून निआवश्यक कानून निर्माण सहितका र्माण सहितका काममा पहलकदमी लिन । काममा पहलकदमी लिन ।
सन्तुलित अन्तर्राष्ट्रिय सम्बन्ध र पञ्चशीलमा आधारित असंलग्न सन्तुलित अन्तर्राष्ट्रिय सम्बन्ध र पञ्चशीलमा आधारित असंलग्न परराष्ट्र नीतिको पक्षमा राष्ट्रलाई दह्रो परराष्ट्र नीतिको पक्षमा राष्ट्रलाई दह्रो रूपमा उभ्याउन । रूपमा उभ्याउन ।
अभ्यास र अनुभवका आधारमा लोतान्त्रिक गणतन्त्रको रक्षा र अभ्यास र अनुभवका आधारमा लोतान्त्रिक गणतन्त्रको रक्षा र आजका आवश्यकतालाई सम्बोधन गर्ने गरी संविधानको संशोधन आजका आवश्यकतालाई सम्बोधन गर्ने गरी संविधानको संशोधन एवमएवम् परिपरिमार्जन सहित मुलुकमार्जन सहित मुलुकलाई अघि बढाउन लाई अघि बढाउन ।
आर्थिक तथा सामाजिक विकासका पूवआर्थिक तथा सामाजिक विकासका पूर्वाधार निर्माणमा विशेष पहर्लधार निर्माणमा विशेष पहल गर्न ।
शिक्षा, स्वास्थ्य, रोजगार र प्रतिनिधित्वमा सामाजिक न्यायको हक शिक्षा, स्वास्थ्य, रोजगार र प्रतिनिधित्वमा सामाजिक न्यायको हक सुनिश्चिसुनिश्चित गर्न ।
संविधान अनुसारका हकहसंविधान अनुसारका हकहरूरूको सुनिश्चित गर्दै रोजगारमूलको सुनिश्चित गर्दै रोजगारमूलक क शिक्षाको विधायीकि व्यवस्था गर्न । शिक्षाको विधायीकि व्यवस्था गर्न ।
खासगरी रौतहट निर्वाचन क्षेत्र नम्बर १ को र सिंगो रौतहटको समग्र विकास र समृद्धिका निम्ति पनि उक्तिकै भूमिका रहेको छ । यस क्षेत्रको थप विकास र समृद्धिका निम्ति आगामी दिनमा उहाँले गर्ने र पहल कदमी चाल्ने निम्न विषय रहेका छन्ः
शिक्षाः
रौतहट जिल्लामा निरक्षरताको उन्मुलनका लागि आवश्यक पहल रौतहट जिल्लामा निरक्षरताको उन्मुलनका लागि आवश्यक पहल गगर्न । र्न ।
रौतहटमै रौतहटमै ईन्जिनियरिङ्ग तथा मेडिसिनसहित प्राविधिक विईन्जिनियरिङ्ग तथा मेडिसिनसहित प्राविधिक विष्षयको पढाइलाई ायको पढाइलाई प्राथमिकता दिप्राथमिकता दिन । न ।
स्वास्थ्य
गौर प्रादेशिक अस्पताललाईगौर प्रादेशिक अस्पताललाई आधुनिक उपकरणआधुनिक उपकरणसहित सुसिहित सुबिबधा सम्पन्न धा सम्पन्न १०० वेडबाट स्तरोन्नती ग१०० वेडबाट स्तरोन्नती गर्न । र्न ।
आधारभूत स्वास्थ्य सेवाबाट रौतहटबासीहआधारभूत स्वास्थ्य सेवाबाट रौतहटबासीहरूरू बञ्चित नहुने वातावरण बञ्चित नहुने वातावरण निर्माणनिर्माण गगर्न । र्न ।
सिचाई
बागमती सिचाईको भलोहीया शाबागमती सिचाईको भलोहीया शाखा अन्तरगत झाँझ नदिमा साईफन खा अन्तरगत झाँझ नदिमा साईफन बबनाई सनाई सरूरूअअठा वडेरहवा, र राजदेठा वडेरहवा, र राजदेववीी नगरपालिकामा पर्ने खेती योग्य नगरपालिकामा पर्ने खेती योग्य जमिनमा सिचाईको व्यवस्था गर्न,जमिनमा सिचाईको व्यवस्था गर्न,
झाँमm नहर र वागमति सिझाँमm नहर र वागमति सिचाईवाट सिञ्चीत नहुने जमिनमा चाईवाट सिञ्चीत नहुने जमिनमा सोलार सोलार प्यानलप्यानलसहित डिप वोरिङ्गको जडान गरि सिचाईकसहित डिप वोरिङ्गको जडान गरि सिचाईको व्यवसे व्यवस्था गथा गर्न ।र्न ।
सडक पूर्वाधार
पहिले उदपहिले उद््घाटनघाटन गरिएको माधोपुरगरिएको माधोपुर–– सिगारवन सडकमा सिगारवन सडकमा बबजेट व्यवस्थापन जेट व्यवस्थापन गरी सम्पन्न गरी सम्पन्न गगर्न । र्न ।
जीर्ण रहेको सुुकदेव चजीर्ण रहेको सुुकदेव चौकौक–– पिपिप्रा सडकको स्तरोन्नती गरी कालोपत्रे गर्ने प्रा सडकको स्तरोन्नती गरी कालोपत्रे गर्ने व्यवस्था गर्न,व्यवस्था गर्न,
मिठुअवामिठुअवा–– लौकाहा कुशवाहा लौकाहा कुशवाहा चौक जोडने सडकको स्तरोचौक जोडने सडकको स्तरोउन्नती गरी उन्नती गरी कालो पत्रे कालो पत्रे गर्न, गर्न,
पुल निर्माण
हुलाकी सडक अन्तर्गत वागमती नदिको वडेहर्वा पूलको निर्माण सम्पन्न हुलाकी सडक अन्तर्गत वागमती नदिको वडेहर्वा पूलको निर्माण सम्पन्न गर्न, गर्न,
पिप्रा रजवडा भावर खोलाको अधुरो पुुल निर्माण गर्न,पिप्रा रजवडा भावर खोलाको अधुरो पुुल निर्माण गर्न,
पिप्रापिप्रा——खैरवा जोडने वागमती नखिैरवा जोडने वागमती नदिको पुदको पुलको निर्माण सम्पन्न गर्न, लको निर्माण सम्पन्न गर्न,
पर्यटन विकास
गौरको वरेहवा तालको सौन्दर्यिकरण गरी पर्यटन प्रवगौरको वरेहवा तालको सौन्दर्यिकरण गरी पर्यटन प्रवद्र्धन गर्न,द्र्धन गर्न,
राजदेवि र दुर्गा भगवति मन्दिरको सौन्दर्यिकरण गरी पर्यटन प्रवद्र्धन गर्ने,राजदेवि र दुर्गा भगवति मन्दिरको सौन्दर्यिकरण गरी पर्यटन प्रवद्र्धन गर्ने,
विद्युत विकास
ससरूरूअठा विद्यूत सव स्टेशनलाई वजेटको व्यवस्था गरी सञ्चालनमा अठा विद्यूत सव स्टेशनलाई वजेटको व्यवस्था गरी सञ्चालनमा ल्याउने पहल गर्न, ल्याउने पहल गर्न,
कृषि
जयनगरमा कोल्ड स्टोर जयनगरमा कोल्ड स्टोर ((चिस्यान केन्द्र) निर्माणका लागि पहल गर्न,चिस्यान केन्द्र) निर्माणका लागि पहल गर्न,
कृषिलाई विज्ञान प्रविधि तथा सूचकृषिलाई विज्ञान प्रविधि तथा सूचना प्रविधिसँग जोडना प्रविधिसँग जोड््दै व्यावसायीक तथा दै व्यावसायीक तथा आधुनिक खेती, पशुआधुनिक खेती, पशु––पंक्षि पालन, मत्स्य पालन आदिको लागि अनुदान पंक्षि पालन, मत्स्य पालन आदिको लागि अनुदान तथा सहयोगहतथा सहयोगहरूरू बढाउन, बढाउन,
कृषि सडक, कृषि विद्युतिकृषि सडक, कृषि विद्युतिकरणको व्यवस्था गर्न, करणको व्यवस्था गर्न,
उद्योग
बबन्द रहेको श्रीराम सुगर मिल्सलाई संचालनमा ल्याउने पहल गर्न,न्द रहेको श्रीराम सुगर मिल्सलाई संचालनमा ल्याउने पहल गर्न,
लगानीकर्तासँग समन्वयलगानीकर्तासँग समन्वयगरी रौतहटमा ठूूगरी रौतहटमा ठूूला उद्योग स्थापना गर्ने पहल ला उद्योग स्थापना गर्ने पहल गर्न,गर्न,
नदि तथा डुवान नियन्त्रण
रौतहट जिल्लालाई डुवान तथा कटानबाट वचाउन वागमती, झाँझ र रौतहट जिल्लालाई डुवान तथा कटानबाट वचाउन वागमती, झाँझ र बकैया नदिमा तटवन्धनको व्यवस्था गर्ने पहलकदमी लिन, बकैया नदिमा तटवन्धनको व्यवस्था गर्ने पहलकदमी लिन,
खानेपानी
ओभरहेड टओभरहेड ट्याङ्की को निर्माण गरी प्रत्येक घरमा शुद्ध खानेपानीको कीको निर्माण गरी प्रत्येक घरमा शुद्ध खानेपानीको व्यवस्था गर्ने पहल गर्न, व्यवस्था गर्ने पहल गर्न,
सुरक्षित आवास
घरवारघरवार बिहिनबिहिनहहरूरूको लागि सुरक्षित आवासको व्यवस्था गर्ने पहल गर्न, को लागि सुरक्षित आवासको व्यवस्था गर्ने पहल गर्न,
खेलकुद
गौर राईस मिल्सको जग्गामा राष्ट्रिय स्तरको क्रिकेट खेल मैदानको गौर राईस मिल्सको जग्गामा राष्ट्रिय स्तरको क्रिकेट खेल मैदानको निर्माणको पहल गर्न,निर्माणको पहल गर्न,
दुर्गा भगवतीको सरस्वति उच्च मा.वि. को खेल मैदानलाई स्तरउन्नती दुर्गा भगवतीको सरस्वति उच्च मा.वि. को खेल मैदानलाई स्तरउन्नती गर्ने पहल गर्न । गर्ने पहल गर्न ।
शिक्षा, स्वास्थ्य, रोजगारीसहित सुशासनको सुनिश्चित गरौं ।
जसको नेतृत्वमा सफल भयो शान्ति र संविधान
उसकै नेतृत्वमा सम्भव हुनेछ समृद्धि र सुशासन । जस्ता नाराका साथ उहाँलाई चुनाव चिन्ह (तारा) मा मतदान गरेर जिताउन प्रचार विभाग, रौतहट,क्षेत्र नं.१ले जनताहरु माझ अनुरोध गरेको छ ।

