
नेपालअखबार, तेहरान । इरानको दक्षिणी सहर मिनाबस्थित एक छात्रा विद्यालयमा अमेरिका–इजरायलको संयुक्त आक्रमणपछि मृत्यु हुनेको सङ्ख्या ११८ पुगेको इरानी सरकारी सञ्चारमाध्यमहरूले जनाएका छन् । रिपोर्टअनुसार उक्त आक्रमण शाजाबा तैयबा स्कुल परिसरमा भएको थियो ।
घटनास्थलबाट प्राप्त भिडियोको स्थान पहिचान पुष्टि गरेको सीएनएनले जनाएको छ । उक्त विद्यालय एक इरानी सैन्य अड्डाबाट करिब २०० फिट दूरीमा रहेको थियो ।
उपग्रह तस्बिरहरूका अनुसार विद्यालय पहिले सैन्य अड्डाको भागजस्तै देखिए पनि कम्तीमा सन् २०१६ देखि ती दुई स्थल छुट्टाछुट्टै थिए । घटनापछि उद्धारकर्मी र स्थानीय बासिन्दाले भग्नावशेष हटाउँदै खोज तथा उद्धार कार्य जारी रहेकोले मर्नेको सङ्ख्या बढ्ने अनुमान गरिएको छ ।

