Thursday, July 9

रोल्पामा पहिलोपटक भूतपूर्व सैनिक सम्मेलन हुँदै

नेपालअखबार,रोल्पा । रोल्पामा पहिलोपटक भूतपूर्व सैनिक सम्मेलन आयोजना हुने भएको छ । नेपाली सेनाबाट निवृत्तिभरण प्राप्त भूतपूर्व सैनिक तथा एकल महिलाहरुलाई लक्षित गरी भूतपूर्व सैनिक सम्मेलन-२०८२ गर्न लागिएको हो ।

Advertisement

नेपाली सेनाको जङ्गी अड्डाको व्यवस्थापन तथा नेपाली सेना कल्याणकारी बोर्डको संयोजकत्वमा रोल्पाको सूर्य दलगण लिबाङ ब्यारेकमा यही चैत २२ गते सम्मेलन गर्न लागिएको सूर्य दल गण रोल्पाका प्रमुख सेनानी ईश्वर थापाले जानकारी दिए ।

Advertisement
Advertisement

‘सम्मेलनमा सहभागी हुनका लागि हामीले चैत १ गतेदेखि १७ गतेसम्म सो गणमा दर्ता डेस्क खडा गरेका छौं’, सेनानी थापाले भने, ‘प्रत्येक दिन बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म दर्ता गर्ने कार्य सुरु भएको छ ।’

Advertisement

रोल्पा जिल्लामा जम्मा ११० जना भूतपूर्व सैनिकको संख्या रहेको भूतपूर्व सैनिक संघ रोल्पाका सभापति खिमविक्रम केसीले जानकारी दिए । ‘रोल्पामा अहिलेसम्म एकल महिला संख्या १० जना हुनुहुन्छ’, उनले थपे, ‘केही जिल्ला बाहिर बसोबास गर्नुहुन्छ तर पनि हाम्रो मान्यता सबैजना उपस्थित हुनुहोस् भन्ने हो र कति जना उपस्थित हुनुहुन्छ हेरौं ।

अरु यी जिल्लामा हुँदैछ सम्मेलन

मध्यपश्चिम पृतना हेडक्वाटर अन्तर्गत २०८२ चैत २२ गते भूतपूर्व सैनिक सम्मेलन आयोजना हुने नेपाली सेनाको केन्द्रीय कार्यालयले जानकारी गराएको छ ।

सम्मेलनमा रुपन्देही,कपिलवस्तु,नवलपरासी-पश्चिम र नवलपरासी- पूर्व जिल्लाहरुमा बसोबास गर्नेहरुका लागि मुख्य केन्द्र योगीकुटी ब्यारेक, बुटवल हुने भएको छ ।

त्यस्तै दाङ,प्युठान,रोल्पा,रुकुम पश्चिम,रुकुम पूर्व,सल्यान,अर्घाखाँची,गुल्मी र पाल्पा जिल्लाहरुमा बसोबास गर्नेहरुका लागि सम्बन्धित जिल्लाको नेपाली सेनाका युनिटहरुमा रहेका उपकेन्द्रहरुमा भूतपूर्व सैनिक सम्मेलन आयोजना हुने बताइएको छ ।

पश्चिम पृतना हेडक्वाटर तथा अन्तर्गतमा २०८२ चैत २५ गते,मध्य पूर्वी पृतना हेडक्वाटर,बर्दिबास सैनिक शिविर,महोत्तरी तथा अन्तर्गतमा २०८३ वैशाख ३ गते र खड्गदल गण,रामेछाप ब्यारेक,रामेछाप अन्तर्गतमा २०८३ वैशाख ४ गते सम्मेलन हुँदै छ ।