Sunday, April 19

एमाले संसदीय दलको बैठक बस्दै

नेपालअखबार काठमाडौं । एमाले संसदीय दलको बैठक आज बस्दै छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा बिहान ११ बजे बस्ने बैठकमा संसदीय दलको नेता, प्रमुख सचेतक र सचेतक चयनको विषयमा छलफल हुने छ ।

प्रतिनिधि सभाको बैठक चैत १९ गते बोलाइएकाले त्यसअघि नै एमालेले दलको नेता, प्रमुख सचेतक र सचेतक चयन गर्न लागिएको हो ।

Advertisement

आजको बैठकमा संसदको बैठकमा एमाले सांसदहरुको भूमिकाबारे पनि छलफल हुने एक नेताले जानकारी दिए ।

जेनजी आन्दोलनमा दमन गरेको आरोपमा गत शनिबार पूर्वप्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री एवम् कांग्रेस नेता रमेश लेखक पक्राउ परेपछि सडक आन्दोलनमा उत्रिएको एमालेले सदनमा पनि विरोध गर्ने तयारी गरेको छ ।