Saturday, April 11

उपसभामुखमा नेकपाले रुबीकुमारीलाई मत दिने

नेपालअखबार, काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले उपसभामुखको निर्वाचनमा श्रम संस्कृति पार्टीका उम्मेदवारलाई समर्थन गर्ने भएको छ ।

शुक्रबार प्रतिनिधिसभामा हुँदै गरेको उपसभामुखको निर्वाचनमा श्रम संस्कृतिका उम्मेदवार रुबीकुमारी ठाकुरलाई समर्थन गर्ने पार्टी निर्णय भएको सांसद रमेश मल्लले जानकारी गराएका हुन् ।

Advertisement

‘सभामुखजस्तै उपसभामुख पनि सर्वसम्मत गर्न सकेको भए धेरै राम्रो हुने थियो । तर सम्भव भएन’, नेकपा सांसद मल्लले भने, ‘हाम्रो पार्टीले रुबीकुमारी ठाकुरलाई समर्थन गर्छ । पक्कै पनि राजनीतिमा मूल्य र इमानको ठुलो महत्त्व हुन्छ ।’